पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १६:३४:११
३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सको प्लेअफमा स्थान सुनिश्चित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन बनायो ।
यो हारसँगै पोखराले सात खेलबाट ६ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । पोखरा प्लेअफ समीकरणबाट बाहिरिँदा यो जितले सुदूरपश्चिम भने शीर्ष चार स्थान पक्का गरेको हो । ६ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स पाँच रनले विजयी भएको हो । १५४ रनको लक्ष्य पछ्याएको पोखरा दुई बल बाँकी रहँदा १४८ रन बनाएर अलआउट भएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित सर्वाधिक ४२ रन बनाए ।
ब्राण्डन म्याकमुलनले २३ र दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गर्दा विनोद भण्डारी १४ तथा हर्मित सिंह १३ रन जोडेर पेभिलियन फर्किए। इसान पाण्डे १०, सैफ जैब ९ र स्कट कुगलेइजन २ दुई रन बनाएर आउट हुँदा नरेश बुढाएरले अविजित ६ रन जोडे । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिँदा विपिन रावल, रेमोन रिफर र माइकल लिस्कले समान एक विकेट हात पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजको खेलमा एक विकेटले हार्यो विराटनगर, काठमान्डुको प्लेअफ सम्भावना कायमै
मंसिर ३०, २०८१ आइतबार
सस्तोमै समेटियो विराटनगर, खेल जित्न काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार