गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १८:२०:४७
३० मङ्सिर, नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ । सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो ।
उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । वेल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए ।
सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ । उनीहरूका साथबाट प्रहरीले स्थानीयस्तरमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ । पेस्तोल बनाउन आवश्यक सामग्रीहरू सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ ।
पक्राउ परेकाहरू माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
मंसिर ३०, २०८१ आइतबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार