मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १८:५१:५३
३० मङ्सिर, रुपन्देही । लुम्बिनीदेखि तिलौराकोटसम्म परिकल्पना गरिएको मायादेवी सुत्केरी मार्गमा महिला मोटरसाइकल ‘राइडर’हरूले यात्रा सुरु गरेका छन् । सुत्केरी मार्गको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित यात्राको सुरुआत गरिएको हो ।
सुत्केरी मार्गमा पर्ने ग्रामीण क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाएर स्थानीय बासिन्दाको आर्थिकस्तर उकास्नलाई पनि यो कार्यक्रम आयोजना गरिएको आयोजक विक्रमपाँडे काजीले बताए । यसमा ‘दुईपाङ्ग्रे क्विन’ समूहका १० जना महिला राइडरको सहभागिता रहेको उनले बताए । राइडरहरू सुत्केरी मार्ग हुँदै कपिलवस्तुको पर्यटकीय क्षेत्रहरू कुदान, गोटिहवा, सगरहवा, निग्लिहवालगायत क्षेत्रमा पुग्ने पाँडेले जानकारी दिए ।
मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार पाँडेका अनुसार करिब ३८–३९ किलोमिटर दूरीको यात्रालाई तीर्थयात्राका रूपमा स्थापित गराउन यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । “यस मार्गमा हिँड्ने तीर्थयात्रीलाई तीनदेखि चार दिन लाग्नसक्ने र यसले लुम्बिनी तथा कपिलवस्तुमा पर्यटकहरूको बसाइँ अवधि लम्ब्याउन सहज हुनेछ ।
लुम्बिनी भ्रमणका लागि आउने अधिकांश तीर्थयात्रीहरू कपिलपस्तुसम्म पुग्दैनन् । यस कार्यक्रमले कपिलवस्तुमा पर्यटकको सङ्ख्या वृद्धिमा पनि सहयोग पु¥याउने विश्वास लिएका छौँ”, पाँडेले भने । लुम्बिनीको सद्भावनादूतसमेत रहनुभएका पाँडेले मायादेवी सुुत्केरी मार्ग तयार भइसकेको हुँदा यसको प्रचारप्रसारका लागि सरकारीस्तरबाट प्रयास गरिनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
मंसिर ३०, २०८१ आइतबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार