झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार २२:२:३७
३० मंसिर, झापा । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी झापा कप २०८१ को आजको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जागृति क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
जागृतिको जितमा मिलन राई नायक बनेका छन् । उनले दोस्रो हाफको ५३ र ६२औँ मिनेटमा टोलीका लागि गोल गर्न सफल भए । खेलको ५३औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेण्डर विशाल दर्जीले जागृतिका राईलाई ‘फाउल’ गरेका थिए । त्यसपछि पाएको ‘फ्री किक’लाई राईले नै सुन्दर गोल गरे ।
खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२औँ मिनेटमा झापाका दुईजना डिफेण्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिपर सन्दीप लिम्बूलाई ‘बिट’ गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो ।
खेलको ‘प्लेयर अफ दी म्याच’ जागृतिका दुई गोलकर्ता मिलन राई भए । उनले नगद रु १० हजार पुरस्कार पाए । उनलाई झापा–११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ‘ट्रफी’ प्रदान गरे । सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।
आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद रु ३५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई ‘मस्ट भ्यालुएबल’ खेलाडी घोषित गरेर नगद रु एक लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित
मंसिर २६, २०८१ बुधबार
प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोल हान्यो
मंसिर २५, २०८१ मंगलबार
गण्डकी विश्वविद्यालयको आयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार