बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार २२:९:४१
३० मंसिर, बैतडी । बैतडीमा सम्पन्न २१औँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणशैनी युवा क्लब 'एनआरवाइसी'ले हात पारेको छ ।
आज सम्पन्न फाइनल खेलमा पञ्चकोटी युवा क्लबमाथि एक सय ९९ रनले हराउँदै एनआरवाइसीले उपाधि हात पार्यो । उपाधिसँगै एनआरवाइसीले रु एक लाख पुरस्कार पायो भने पञ्चकोटीले रु ५० हजारमा चित्त बुझायो । दशरथचन्द खेलमैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८६ रन बनायो । जसमा सुरज बोहराले शतकीय पारि खेले । ‘म्यान अफ दी फाइनल’ समेत सुरजले अविजित एक सय ६९ रन बनाए ।
यस्तै, सचिन भट्टले ४६ रनको योगदान गरे । पञ्चकोटीका गोविन्द थापा, सुमित बुडाल र सुरज बुडालले तीन÷तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको पञ्चकोटी १९.२ ओभरमा ८७ रनमा समेटियो । उसका जीवन कार्कीले सर्वाधिक ३४ रन हिर्काए । एनआरवाइसीका मदन चन्दले पाँच, राम चन्द र सचिन भट्टले दुई÷दुई झारे ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मंसिर २० गतेदेखि सुरु भएको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोटका रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।
गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कपको उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई एक विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजको खेलमा एक विकेटले हार्यो विराटनगर, काठमान्डुको प्लेअफ सम्भावना कायमै
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार