गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार २२:२०:०
३० मङ्सिर, जेरुसेलम । इजरायलको विदेश मन्त्रालयले आइतबार डब्लिन सरकारको ‘चरम इजरायल विरोधी नीतिहरू’ लाई उद्धृत गर्दै आयरल्यान्डमा आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । यसले दुई मुलुकबीचको तनावपूर्ण सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।
प्यालेस्टिनी राज्यलाई मान्यता दिने र गाजा पट्टीमा इजरायललाई ‘नरसंहार’ को आरोप लगाउने अन्तर्राष्ट्रिय अदालतको मुद्दालाई समर्थन गर्ने आयरल्यान्डको श्रृङ्खलाबद्ध कदमपछि आयरल्यान्ड र इजरायलबीचको कूटनीतिक सम्बन्ध बिग्रिएको छ ।
सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध भड्काउने हमासको आक्रमणप्रति इजरायलको प्रतिक्रियाको सबैभन्दा कडा आलोचकमध्ये आयरल्यान्ड पनि एक रहेको छ । “डब्लिनमा रहेको इजरायली दूतावास बन्द गर्ने निर्णय आयरल्यान्ड सरकारको चरम इजरायल विरोधी नीतिहरूका कारण गरिएको हो”, विदेश मन्त्रालयले विज्ञप्तिमा भन्यो ।
“इजरायलविरुद्ध आयरल्यान्डले प्रयोग गरेका कार्य र यहुदी राज्यको वैधता र प्रतिष्ठामा आघात पुर्याउने शब्दावलीहरू दोहोरो मापदण्डमा आधारित छन्”, विदेशमन्त्री गिदोन सारले विज्ञप्तिमा भने, “आयरल्यान्डले इजरायलसँगको सम्बन्धमा हरेक लक्ष्मण रेखा पार गरेको छ ।”
नोभेम्बरमा आयरल्यान्डका प्रधानमन्त्री साइमन ह्यारिसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले गिरफ्तारी वारेन्ट जारी गरेपछि उनका इजरायली समकक्षी बेन्जामिन नेतान्याहु आयरल्यान्ड गएमा देशका अधिकारीहरूले हिरासतमा लिने बताएका थिए ।
आइसिसीले नेतान्याहु र उनका पूर्व रक्षामन्त्री योव गालान्टलाई अक्टोबर सन् २०२३ अक्टोबर ८ देखि यस वर्षको मे २० सम्म गाजा पट्टीमा ‘मानवता विरुद्धको अपराध र युद्ध अपराधका लागि’ पक्राउ पुर्जी जारी गरेको थियो ।
विदेशमन्त्री सारले इजरायलले अन्य देशसँग सम्बन्ध निर्माण गर्न आफ्ना स्रोतहरू लगानी गर्ने बताउनुभयो र आइतबार मोल्दोभामा दूतावास खोल्ने घोषणा गरे । “कूटनीतिक क्षेत्रमा इजरायलप्रतिको विभिन्न देशको स्थिति र कार्यहरूलाई अन्य कारकहरूसहित उचित महत्त्व दिँदै हामी इजरायलको कूटनीतिक सञ्जालका मिसनहरू समायोजन गर्नेछौँ”, उनले भने ।
मे महिनामा डब्लिनले प्यालेस्टिनी राज्यलाई गाजा पट्टी र पश्चिम किनारा मिलेर बनेको ‘सार्वभौम र स्वतन्त्र राज्य’ को रूपमा मान्यता दिएको र पूर्ण कूटनीतिक सम्बन्ध स्थापना गर्न सहमत भएको बताएको थियो । स्पेन र नर्वेले त्यही दिन प्यालेस्टिनी राज्यलाई मान्यता दिए र स्लोभेनियाले एक हप्ता पछि सोही निर्णय गर्यो । यसले इजरायलबाट प्रतिशोधात्मक कदमहरू निम्तिए ।
नोभेम्बरमा डब्लिनले पहिलो पटक पूर्ण प्यालेस्टिनी राजदूतको नियुक्तिलाई स्वीकार गर्यो । आयरल्यान्डका प्रधानमन्त्री ह्यारिसले आइतबार आफ्नो डब्लिन दूतावास बन्द गर्ने इजरायली निर्णयलाई ‘अत्यन्त दुःखद्’ भने। “आयरल्यान्ड इजरायल विरोधी हो भन्ने दाबीलाई म पूर्ण रूपमा अस्वीकार गर्दछु । आयरल्यान्ड शान्ति समर्थक, मानव अधिकार समर्थक र अन्तर्राष्ट्रिय कानून समर्थक हो”, उनले एक्समा पोस्ट गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार