सुदूरपश्चिमले पायो १०२ रनको लक्ष्य, कर्णाली पराजित भए काठमान्डु गुर्खाजलाई फाइदा
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार १०:५२:५३
१ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो ।
कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।
उनले २ रनआउट पनि गरे ।स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए । जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो । ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दिपेन्द्र सिंह ऐरिको बलमा ब्राण्डोन म्याकमुलेनको हातबाट क्याच आउट भए ।
विलियन बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चान्डविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के । कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे । सुदुरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारोा। कप्तान दिपेन्द्र सिंह ऐरि, स्कट कुग्लेजिनले समान २ विकेट लिए। सैफ जैवले एक विकेट झारे । आजको खेलमा फराकिलो अन्तरमा कर्णाली पराजित भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
पोखराविरुद्ध ५ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्सले सुनिश्चित गर्यो प्लेअफमा स्थान
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार