गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार ११:३३:३२
♦ सञ्जय मिश्रा
१ पुस, रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौँको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ।
मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बीच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरेका हुन्।
जीर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरूप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर जैसवालले बताएका छन्।
धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्नु हामी सबैको दायित्व रहेकोले हामीले त्यो दायित्व बोध गर्दै नगरस्तरिय बजेटबाट कुल ४५ लाख रुपैयाँको लागतमा मन्दिरको पुनः निर्माण थालेका छौं ।
धार्मिक तथा सामाजिक संरचना निर्माणमा स्थानीयको सक्रियता र सहभागिता प्रशंसनीय रहेको छ, आगामी दिनमा यस मन्दिरको संरक्षणमा सबैले चासो देखाउनु हुनेमा विश्वस्त छु मेयर जैसवालको भनाई रहेको छ।
मन्दिरको निर्माण यसै आर्थिक वर्षभित्र पूरा हुने जनाइएको छ। गरुडा नगरपालिकाको मेयरको जिम्मेवारी पाइदेखिनै मेयर कन्थमणि जैसवाल भौतिक पूर्वाधार निर्माणका साथै धार्मिक आस्थासँग जोडिएको मठ मन्दिरहरू निर्माणमा पनि सक्रियता देखाएको नगरवासीले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार