मीन बहादुर गुरुङले एमालेलाई जग्गदान दिएको विवादमा सर्वोच्चले आज निर्णय दिन सक्ने
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार ११:५९:१२
१ पुस, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान दिएको विषयमा परेको रिट सर्वोच्च अदालतले सोमबार सुनुवाइ गर्दैछ । हेर्दाहेर्दैमा राखिएको यो रिटमाथि सर्वोच्च अदालतले आज विपक्षी र सरकारको तर्क सुन्दै अन्तरिम आदेशबारे निर्णय सुनाउने भएको छ । पूर्ण सुनुवाइमा प्रवेश गराएर यो रिटमाथि सुनुवाइलाई निरन्तरता दिन लागिएको हो ।
आज सर्वोच्चले दुवै पक्षको लिखित जवाफ पेश भएको अवस्थामा फैसला नै सुनाउन सक्नेछ । सर्वोच्चले अन्तरिम आदेश खारेज गरे वा फैसला गर्दै रिट खारेज गरेमा एमालेलाई भवन बनाउने बाटो खुल्नेछ भने अन्तरिम आदेश जारी गरेमा वा रिट जारी गर्ने फैसला सुनाएमा पार्टी कार्यालय बनाउने बाटो बन्द हुनेछ ।
शुक्रबार अन्तरिम आदेश दिने तयारी भए पनि न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलामले दुवै तर्फको लिखित जवाफ परिसकेको भन्दै पूर्ण सुनुवाइ अघि बढाएको थियो । शुक्रबार निवेदकतर्फका ६ र विपक्षी एमालेतर्फका ६ जना कानुन व्यवसायीले बहस गरेका थिए । आज सोमबार पुनः सुनुवाइ हुने गरी यो रिट हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबार न्यायाधीशले फैसला गर्न तयार रहेको जनाउ दिए पनि एमालेतर्फका धेरै कानुन व्यवसायीले वकालतनामा लेखाएको र जग्गादाता गुरुङका तर्फबाट पनि बहस बाँकी नै रहेकाले सुनुवाइ लम्बिएको हो । दुवैतर्फको बहस सकिएपछि आज यसै इजलासबाट फैसला हुनेछ । प्रारम्भिक सुनुवाइमा यसअघि न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले गत कात्तिक १२ गते उक्त जग्गादान प्रथम दृष्टिमै कानुनप्रतिकूल भनी तत्काल प्रक्रिया अघि नबढाउन भनेको थियो ।
न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासमा पुस २८ गते देखि सुनुवाइ सुरु भएको हो । उक्त दिन निवेदकका तर्फबाट बहस भएको थियो । जग्गा दान दिने व्यक्ति विवादित भएको र उक्त कार्य रोक्नुपर्ने मागसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । विवादकै बिचमा प्रधानमन्त्री केपी शर्मा ओली आफूले नै सो जग्गा शिलान्यास गरेका थिए ।
उक्त रिटमा २०८१ कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्री नगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । यो रिट यसअघि पटक पटक पेसी तोकिने तर स्थगित हुँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
पुष १, २०८१ सोमबार
भक्तपुर महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
तातोपानी कुण्डमा नुहाउनेको भीड
पुष १, २०८१ सोमबार