फाइनल पुग्नका लागि बुधबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले क्वालिफायर्स खेल्ने
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार १३:३८:३१
१ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउनका लागि अब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटले पराजित गर्दै विजय हात पारेको छ ।
सुदूरपश्चिम १२ अंकका साथ शीर्ष स्थानमा पुगेको छ भने जनकपुर ७ खेलमा १० अंक बटुल्न सफल भएको छ । समान ८ अंक जोडेका चितवन राइनोज र कर्णाली तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफको इलिमिनेटरमा खेल्ने भएका छन् । यसको विजेता टोलीले क्वालिफायर्स १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन खेल्ने छन् । बुधबार बिहान इलिमिनेटर र दिउँसो क्वालिफायर्स १ को खेल हुनेछ ।
चितवन र कर्णालीसँगैं समान ८ अंक भए पनि नेट रन रेटमा पछाडि रहेका कारण काठमान्डु गुर्खाज प्लेअफबाट दौडबाट बाहिरिएको छ । सुदूरपश्चिमले एनपीएलमा पहिलो पटक टस जितेको पछि ब्याटिङमा आएको कर्णाली सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली १ सय १ रनमा अलआउट भयो ।
सुदूरपश्चिमले यो लक्ष्य १२.२ ओभरमा पुरा गरेको भए कर्णालीलाई उछिन्दै गुर्खाज नेट रन रेटमा अगाडि रही प्लेअफमा पुग्ने थियो । सुदूरपश्चिमले १५.२ ओभरमा पूरा गरेपछि कर्णाली पनि शीर्ष चारमा सुरक्षित भएको हो ।
आजको खेलमा इशान पाण्डेले ३६ बलमा अविजित ३८ रन बनाएर सुदूरपश्चिमलाई जिताए । उनले ४ चौका प्रहार गरे । आरिफ शेख ४ रन बनाई अविजित रहे । २८ रन बनाउदा ३ विकेट गुमाइसकेको अवस्थामा इशान र कप्तान दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ६७ रनको साझेदारी गरे । दीपेन्द्रले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ३८ रन बनाए । विनोद भण्डारी ४, सैफ जैब ११ र ब्रान्डन म्याकमुलेन ३ रन बनाई आउट भए । कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले १ विकेट लिए ।
यसअघि खुलेर ब्याटिङ गर्न नसकेको कर्णालीविरुद्ध हरमित सिंहले ३ विकेट लिए । अन्तिम ओभरमा नन्दन र विपिनलाई आउट गरेका उनले ४ ओभरमा १७ रनमात्र खर्चे । दीपेन्द्रसिंहले ४ ओभरमा २० र स्कट कुग्लेनले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । एक विकेट जैबको नाममा रहयो ।
जेसन मक्सुदले कर्णालीबाट सर्वाधिक ३० रन बनाए । उनले ३५ बल खेली ४ चौका प्रहार गरे । विलियम बोसिस्टो २४ बलमा १६, बाबर हायत ९ बलमा १३, चाडविक वाल्टन र सोमपाल समान ११, देव खनाल ७, गुलशन झा २ रन र प्रतियोगितामा पहिलो खेल खेलीरहेका रित गौतम शून्यमा आउट भए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
सवारीसाधन व्यवस्थापनका लागि ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
पुष १, २०८१ सोमबार
ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ
पुष १, २०८१ सोमबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार