सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार १५:४७:३६
१ पुष, काठमाडौं । सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । ५१.३७ अंकले घटेर नेप्से २६३०.९१ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ६ अर्ब १४ करोडको शेयर कारोबार भएकोमा आज सोमबार ५ अर्ब ९३ करोडका शेयर खरिदबिक्री भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम २१ करोडले घटेको छ ।
जोशी हाइड्रोपावरको मूल्य ८.७० प्रतिशतले बढेर प्रतिकित्ता ४५० रूपैयाँ पुगेको छ । जानकी फाइनान्सको मूल्य सर्वाधिक ९.५८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८०१ मा झरेको छ । दोस्रोमा नेपाल फाइनान्सको मूल्य ७.४५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६ कायम भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको प्रतिकित्ता मूल्य ९८४ रूपैयाँ ४० पैसामा २६ करोड ४५ लाखको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४३ प्रतिशत घटेको हो । सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जोशी हाइड्रोपावर परेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४५० मा १८ करोड ८९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ ।
आज ३०४ वटा धितोपत्रको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किनबेच भए । १५ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ३०० रूपैयाँ कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
लगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
मंसिर २६, २०८१ बुधबार
मंगलबार ६ अंकले घटेर २६६९ विन्दुमा रोकिएको बजारमा साढ ४ अर्बको पनि भएन कारोबार
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
जर्जिया स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताबाट १२ जनाको मृत्यु
पुष १, २०८१ सोमबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार