धनुषामा तस्करीः सशस्त्रका एसपी गिरी छानविनका लागि मुख्यालय बोलाइए, प्रहरीका एसपी तिवारी कहिले ?

नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार १६:६:३५

१ पुस, काठमाडौं । तस्करलाई लाइन दिएर संगठित तस्करी गराएको आरोपमा धनुषाको सशस्त्र प्रहरी गण नम्बर ८ गणका एसपी दर्शन गिरीलाई सशस्त्र प्रहरी मुख्यालयले आवश्यक छानविनका लागि तानेकाे छ । उनीमाथि गत शुक्रबार स्वयम्भू स्थित हेडक्वार्टरमा तानेर सोधपुछ गरिरहेको आज तीन दिन पुगेको छ । तर नेपाल प्रहरीका जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई भने प्रहरी प्रधान कार्यालयले यो समाचार तयार पार्दासम्म तानेको छैन ।
सशस्त्र प्रहरी बलको कानुन शाखाले २४ घण्टे लगाउँदै सशस्त्र एसपी गिरीलाई बोलाएर शुक्रबारदेखि सोधपुछ गरेको हो । ‘उहाँलाई मुख्यालयले केही कुरा बुझ्नु पर्ने भनेर कानुन शाखामार्फत गत शुक्रबार बोलाइएको छ, उहाँमाथि परेका उजुरी उपर छानवीन हुँदैछ’, सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले नेपालबहसलाई भने ।
धनुषाको इनर्वा, जटही, दुहबी, खजुरी, फूलगामा, इटहर्वा, मैनाथपुर लगायतका सीमावर्ती नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा संगठित तस्करी गराएको आरोपमा एसपी गिरीमाथि छानवीन शुरु भएको हो । तराईका सीमावर्ती नाकाबाट ठूलो मात्रामा संगठित तस्करी गराउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दुवैको साथ सहयोग चाहिने गर्छ । धनुषाका यी नाकाबाट बिगत लामो समयदेखि दुवै सुरक्षा संयन्त्रको सहयोगमा स–साना झोलेपोके तस्करीमा कडाइ गरेको देखाएर ठूलो स्केलमा व्यापक तस्करी मौलाएको छ ।
सशस्त्र एसपी गिरी र नेपाल प्रहरीका एसपी तिवारीले धनुषाका सीमा क्षेत्रबाट संगठित तस्करी गराएको दर्जनौं उजुरी सशस्त्र मुख्यालय र प्रहरी प्रधान कार्यालय नक्सालमा परेका थिए । उनीहरुको मिलेमतोमा बदमासी भएको थाहा पाएपछि मधेश प्रदेशका लागि सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले एक विशेष टोली परिचालन गरेका थिए । सोही टोलीले दिएको रिपोर्टको आधारमा उनलाई मुख्यालयले सोधपुछका लागि बोलाएको हो । तर नेपाल प्रहरीतर्फ भने आईजीपीको प्रत्यक्ष मातहत रहेको उजुरी छानविन टोलीले के गरिरहेको छ भन्ने जानकारी दिएको छैन । एसपी र डीआईजीले खटाएका सानातिना घुमुवा सिपाही हबल्दारलाई कहिलेकाँही तानेर हल्ला गराउनु बाहेक अर्को गतिलो काम नेपाल प्रहरीको नेतृत्वबाट हुन सकेको छैन ।
मधेश प्रदेशको राजधानीका रुपमा रहेको धनुषाबाट यतिबेला ठूला तस्करहरूले समूह समूह बनाएर तस्करीको रुट नै चलाएको खबर छ । प्रत्येक तस्कर समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीलाई महिनावारी ३–५ लाख अलग–अलग बुझाएर संगठित तस्करी धन्दा निर्वाध रुपमा चलाएको बताइएको छ ।
धनुषाको जटही नाकाबाट सुल्तान मियाँ, बीरु र गब्बरको एउटा तस्कर समूह तथा नरेशको अर्को समूहले तस्करी धन्दा चलाएका छन् । सुल्तानको समूहले नेपालबाट चाइनिज लसुनको ठूलो मात्रामा अवैध निकासी गरिरहेका छन् भने नेपालका बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित कोलगेट टुथपेष्ट, स्याउ, मटर–केराउ र रक्सी भारततर्फ निर्यात गरिरहेको बताइएको छ । उताबाट कपडा, हार्डवेयर लगायतको अवैध आयात भइरहेको छ । त्यस्तै नरेशले भारतीय कपडा, चप्पल लगायतको तस्करी गर्ने गरेका छन् । केही दिन अघि मधेश प्रदेश डीआईजीको आदेशमा नरेशको गोदाममा प्रहरीले छापा मारी १ गाडी कपडा र चप्पल बरामद गरेको थियो ।
यस्तै नामुद तस्कर उमेश साहले फुलगामा नाकाबाट भारततर्फ चाइनिज लसुन, स्याउ, मटर, केराउ, मरिच र रक्सीको चोरी पैठारी गर्ने तथा उताबाट कपडा, किराना तथा हार्डवेयर लगायतका सामानको अवैध आयात गर्ने गरेका छन् । खजुरीबाट छोटु र एहसान नामक तस्करले भारततर्फ नेपाली आइटम रक्सी, टुथपेष्ट, लाइटर, मटर केराउ, लसुन र पोस्तादान पठाइरहेका छन् भने भारतबाट कपडा, किराना आइटम लगायतको चोरी निकासी भइरहेको छ ।
अर्का नामुद तस्कर शंकर साहले भारतीय प्याजको ठूलो मात्रामा चोरी पैठारी गरिरहेका छन् । भन्सारसँगको सेटिङ समेत मिलाएर शंकरले महोत्तरीको मटिहानी नाकाबाट पिकअपमा जनकपुर गोदाममा अनलोड गर्ने र ट्रकका ट्रक प्याज काठमाडौं पठाउने गरेका छन् । यसैगरी राजीव महासेठले दुहबी नाकाबाट नेपाली आइटम रक्सी, लसुन भारत पठाउने तथा उताबाट किराना आइटम नेपाल भित्र्याउने गरेका छन् । यस्तै इनर्वा नाकाबाट बहिरा उपनामका तस्करले हरेक दिन १०/१२ पिकअप नेपाली रक्सी भारत पठाउने गरेका छन् । इटहर्वा नाकाबाट अयुब मुसलमानले गाई गोरुको अवैध निकासी भारततर्फ गरिरहेका छन् ।
जनकपुर क्षेत्रमा यी लगायत अन्य दर्जनौं ठूला तस्करहरू पनि सक्रिय छन् । अधिकांशले ३ देखि ५ लाखका दरले छुट्टाछुट्टै नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई दररेट बुझाएर तस्करी लाइन खुलाउने गरेको दावी समाचार सेतको छ । अहिले दैनिक ८ बजे साँझ देखि बिहान ३ बजेसम्ममा यी सीमावर्ती नाकाहरूबाट तस्करी भइरहेको स्थानीयहरू बताउँछन् । ठूलो मात्रामा भइरहेको यो तस्करीले सरकारको राजश्व संकलनमा दैनिक करोडौं नोक्सानी गराइरहेको छ ।
यसै बीच सशस्त्र प्रहरीभित्र आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको धर्मपुत्रको रुपमा प्रस्तुत गर्दै हिँड्ने गिरीलाई अर्यालले तानेर छानवीन गर्न थालेपछि उनी विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । उनी प्रचण्डपुत्री रेणु दाहाल र गंगालाई दिदी नाता लगाएर सशस्त्र प्रहरी मुख्यालयमा आएर फूर्ति लगाउँदै धनुषा सरुवा गराउन सफल भएका थिए । अघिल्लो पटक शैलेन्द्र खनाल आईजीपी हुँदा उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर नेतृत्वलाई ठीक लगाउने धम्की दिएका थिए । यसपटक भने राजु अर्यालको फेला परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा धनुषामा तस्करी बढेको छ ।
एसपी गिरी यसअघि सशस्त्रको रसुवास्थित गुल्मको डीएसपी हुँदा पनि उनी सुनदेखि रक्तचन्दन तस्करीमा मुछिएका पात्र हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार