५ महिनामा सरकारले विकासमा ४० अर्ब ८० करोड र तलव भत्तामा ३ खर्ब ६३ अर्ब गर्यो खर्च
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार १६:९:५०
१ पुष, काठमाडौं । चालु आर्थिक वर्ष पाँच महिनामा सरकारले आम्दानी र खर्चमा सुधार गर्न सकेको छैन् । खर्चभन्दा आम्दानी कमजोर देखिएको छ । मंसिर मसान्तसम्म सरकारले ४ खर्ब पाँच अर्ब ७७ करोड ३० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको २८ प्रतिशत हो । बजेट खर्च करिब ३० प्रतिशत भएको छ । ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने भनिए पनि हालसम्म कुनै अनुदान लिएको देखिँदैन ।
महालेखा नियन्त्रकको कार्यालयले जनाएअनुसार सरकारको विकास खर्च झनै कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन गरेकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड ६ लाख रुपैयाँ खर्च भएको छ । चालु शीर्षकमा मंसिर मसान्तसम्मको खर्च ३१ दशमलव ८७ प्रतिशत छ ।
यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमा हालसम्म ३ खर्ब ६३ अर्ब ५५ करोड १४ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट वार्षिक लक्ष्यको ४१ दशमलव ३२ प्रतिशत खर्च भएको छ । मुख्यगरी सार्वजनिक ऋणको साँवा र ब्याज तीर्न खर्च हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएको थियो ।
उक्त शीर्षकमा हालसम्म एक खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख बराबर खर्च भएको हो । मंसिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत अर्थात् ४ खर्ब पाँच अर्ब ७७ करोड ३० लाख राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
सरकारले सोमबार साढे १८ अर्ब आन्तरिक ऋण उठाउने
मंसिर २३, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
जर्जिया स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताबाट १२ जनाको मृत्यु
पुष १, २०८१ सोमबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार