१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार १६:३३:१८
१ पुष, काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता जनाएको भन्दा निकै कम प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ अर्ब ६६ करोड प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता भएकोमा ५ अर्ब ७६ करोड मात्रै भित्रिएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा खुद विदेशी लगानी ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै प्रत्यक्ष विदेशी लगानी भित्रिएको हो । साउनदेखि कात्तिकमा २ अर्ब ७४ करोड ३९ लाख रकम बाहिरिदाँ ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएको छ । गत आर्थिक वर्षको चार महिनामा ३ अर्ब ६५ करोड आएको थियो ।
उद्योग विभागका अनुसार चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार अटोमेटिक रुटमार्फत १०९ उद्योगमा १ अर्ब ६२ करोड ७३ लाख र अप्रुभल रुटमार्फत १५४ उद्योगमा १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार लगानी प्रतिबद्धता आएको हो । सबैभन्दा बढी पर्यटनमा ६६ प्रतिशत आएको छ ।
चार महिनामा १८ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएकोले पनि प्रतिबद्धताभन्दा भित्रिने रकम न्यून रहेको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकको तथ्यांकमा सेवा क्षेत्रमा २३ प्रतिशत, उत्पादनमा ७ प्रतिशत, कृषिमा ३ प्रतिशत र सूचना तथा प्रविधिमा १ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
सरकारले सोमबार साढे १८ अर्ब आन्तरिक ऋण उठाउने
मंसिर २३, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
जर्जिया स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताबाट १२ जनाको मृत्यु
पुष १, २०८१ सोमबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार