सर्वोच्चले खारेज गरिदियो एमालेलाई जग्गादानविरुद्ध परेको रिट, दान लिनु कानुनसम्मत भएको ठहर
नेपालबहस संवाददाता
पुस १, २०८१ सोमबार १६:५६:३७
१ पुष, काठमाडौं । सर्वाेच्च अदालतले जग्गादान सम्बन्धी रिट खारेज गरिदिएको छ । लामो समयदेखि पेशी चढ्दै र हेर्न नभ्याइनेमा पर्दै आएको यो रिट सोमबार खारेज भएको हो । व्यवसायी मीनबहादुर गुरुङ नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन दान दिएको जग्गामा अब भवन बनाउन बाटो खुलेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गादान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुर बीच जग्गा पास गर्ने बाटो खुलेको हो । अदालतले जग्गादान लिने एमालेको निर्णयलाई कानुनसम्मत ठहर्याएको छ ।
जग्गादानको घोषणा विरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । केहीबेर अघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन । दशैंको फूलपातीको दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङले एमालेलाई जग्गादान दिने घोषणा गरेका थिए ।
कतिपय मुद्दाहरूको सामना गरिरहेका व्यक्तिबाट सत्तारुढ दलले सहयोग लिँदा स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । १२ कार्तिकमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश मार्फत भवन निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । त्यही मुद्दा पूर्ण सुनुवाइपछि खारेज भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने सम्झौता
पुष १, २०८१ सोमबार
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छः अर्थमन्त्री पौडेल
पुष १, २०८१ सोमबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
जर्जिया स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताबाट १२ जनाको मृत्यु
पुष १, २०८१ सोमबार