महिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार ८:६:२०
२ पुस, काठमाडौं ।एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेल्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।यसअघि हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको छ ।
प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । आज भारतसँगको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ । सुपर ४ को खेल बिहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशाैं राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता फाराम भर्ने म्याद थप
पुष २, २०८१ मंगलबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार
एसीसी महिला यु-१९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने
पुष २, २०८१ मंगलबार
थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु
पुष २, २०८१ मंगलबार
कालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
पुष २, २०८१ मंगलबार
ठूलो जनशक्तिलाई बेरोजगार बनाएको शिक्षाका कुरा गरौँ
पुष २, २०८१ मंगलबार