शान्ति प्रक्रियाका बाँकी काम सक्ने दुई आयोगका पदाधिकारी चयनमा फेरी राजनीति घुस्यो
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १०:५५:१४
२ पुष, काठमाडौं । शान्ति प्रक्रियाको थाती संक्रमणकालीन न्यायसम्बन्धी कार्यसूची टुंग्याउने कुरामा फेरी विवाद देखिएको छ । पदाधिकारी चयनमा घुसेको राजनीतिले राजनीतिक नेतृत्वमाथि नै प्रश्न उठाएको छ । संक्रममणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा सर्ट लिस्टमा परेकाहरूबाट नाम सिफारिस गर्न बनेको सर्च कमिटीले आफू असफल भएको जानकारी दिएको छ ।
म्याद सकिने दिन लगातार बैठक बसेको भएपनि निष्कर्षमा पुग्न सकेन । दुवै आयोगमा चार/चार जना सदस्य र एक÷एक जना अध्यक्ष रहने भनिएको थियो । सर्च कमिटी बैठकले पदाधिकारी टुंग्याउन नसकेर फेरि प्रक्रिया थाल्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । यो अनुसार टीआरसी सम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने काम फेरी सुरु गर्नुपर्नेछ ।
राजनीतिक विवादकै कारण ०७९ साउनदेखि पदाधिकारीविहीन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी अझै सिफारिस हुन सकेका छैनन् । बहुमतका आधारमा निर्णय गर्दा दूरगामी असर पर्न सक्ने भएकाले अर्को समिति गठन गर्न आग्रह गरिएको छ । दलहरूले भनेको व्यक्ति नपठाए आयोगले गरेको कामको राजनैतिक स्वामित्व नरहने विषको खास विवादमा सूदीप पाठक देखिएका छन् । उनको नाममा सहमति हुन नसकेपछि सर्च कमिटी फेरी प्रक्रिया थाल्न भनेको हो ।
समितिले दुईमहिने कार्यावधि सकिने अन्तिम दिन सोमबार राति विज्ञप्ति जारी गरेर पदाधिकारी छनोटमा एकमत हुन नसकिएको बताएको छ । दुवै आयोगमा अध्यक्षसहित ५ आयुक्त सिफारिस गर्ने मामिलामा समितिका सदस्यबीच मत बाझिएको थियो । विशेषगरी सत्य निरुपणको अध्यक्षका लागि दलबाट सिफारिस भएका सुदीप पाठकको विषयमा समिति सदस्यबीच सहमति हुन नसकेको हो ।
मानवअधिकार आयोगका पूर्वआयुक्तसमेत रहेका पाठकलाई अध्यक्षमा सिफारिस गर्न नसकिने समिति अध्यक्ष ओमप्रकाश मिश्रले अडान राखेका थिए । दलले सिफारिस गरेको भन्दा अन्तर्वार्ताबाट छानिएकालाई नियुक्ति सिफारिस गर्ने प्रस्ताव मिश्रले गरेका थिए । उनले सत्य निरुपणको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार काशीराज दाहाललाई छान्ने प्रस्ताव राखेका थिए । तर अन्य सदस्यले यसमा सहमति दिएनन् ।
समितिमा बहुमत र अल्पमतको अवस्था बनेपछि सहमति हुन नसकेको हो । बहुमतका आधारमा निर्णय गर्दा दूरगामी असर पर्न सक्ने उल्लेख गर्दै समितिले पदाधिकारी सिफारिसका लागि अर्को समिति गठन गर्न सरकारलाई अनुरोध गरेको छ । आयोगमा नियुक्त हुने अध्यक्ष तथा सदस्य नियुक्तिको प्रक्रियालाई थप विश्वसनीय र स्वीकार्य बनाउनका लागि सिफारिससम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न उपयुक्त हुने देखिएको समितिका प्रवक्ता खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत कात्तिक २ मा पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले १ सय ५७ जनामध्येबाट ४० जना सूचीकृत गरेको थियो । सूचीअनुसार दुवै आयोगको अध्यक्ष÷सदस्यमा अच्युतप्रसाद भण्डारी र विजयसिंह सिजापति, दुवै आयोगको अध्यक्षमा डिल्लीराज आचार्य, महेश थापा र विश्वराज कोइराला तथा सत्यनिरूपण आयोग अध्यक्षमा काशीराज दाहाल, सुदीप पाठक र शेरबहादुर केसी उम्मेदवार थिए । उम्मेदवारसँग गत बिहीबारदेखि शनिबारसम्म अन्तर्वार्ता लिइएको थियो ।
अन्तर्वार्तामा योग्य भनेर छानिएकालाई पठाए दलहरूले नमान्ने र दलले भनेकोलाई छान्दा योग्यहरू पाखा लाग्ने भएपछि सिफारिसमा एक मत हुन नसक्नु स्वाभाविक देखिएको एक सदस्यले बताए । दलहरूले भनेको व्यक्ति नपठाए आयोगले गरेको कामको राजनैतिक स्वामित्व नरहने तर्क गर्दै समितिमा दुवै पक्षलाई मिलाएर सिफारिस गर्ने भन्ने कोणबाट छलफल भए पनि सहमति हुन नसकेको उनले बताए । पाठकलाई अध्यक्ष बनाउन लागिएको चर्चा यसअघि नै द्वन्द्वपीडित तथा मानवअधिकारवादीबीच चल्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
पुष २, २०८१ मंगलबार
तत्काल अन्य पार्टीसँग एकताको सम्भावना छैन: एकीकृत समाजवादी
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति
पुष २, २०८१ मंगलबार
प्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
पुष २, २०८१ मंगलबार
इजरायलले गर्यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पावर प्लान्टको उद्घाटन
पुष २, २०८१ मंगलबार
एसीसी महिला यु-१९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने
पुष २, २०८१ मंगलबार