कास्की प्रहरीले रवि लामिछानेसहितका आरोपीलाई म्याद थपका लागि अदालत उपस्थित गरायो
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार ११:७:१८
२ पुष, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई अन्तिम पटक म्याद थपका लागि कास्की प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको छ । उनीविरुद्ध विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । कास्की प्रहरीले लामिछानेसहितका व्यक्तिहरुलाई म्याद थप गर्न मंगलबार अदालतमा उपस्थित गराएको हो ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको हो । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले केही दिन म्याद थप्न आवश्यक देखिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति
पुष २, २०८१ मंगलबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति
पुष २, २०८१ मंगलबार
प्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
पुष २, २०८१ मंगलबार
इजरायलले गर्यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पावर प्लान्टको उद्घाटन
पुष २, २०८१ मंगलबार
एसीसी महिला यु-१९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने
पुष २, २०८१ मंगलबार