सुरक्षा गोष्ठीमा गृहमन्त्रीले सोधे, लुम्बिनीको तस्करी र राजस्व चुहावट किन रोकिएन ?
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार ११:४०:२६
२ पुष, बुटवल । मंगलबार भैरहवामा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा बढ्दो राजस्व चुहावट, तस्करी र अपराधका विषयमा चासो देखाएका छन् । उनले सुरक्षा निकायलाई तस्करी नियन्त्रण गर्न कसले रोकिरहेको छ भनेर प्रश्न गरेका छन् । लुम्बिनी प्रदेश तस्करीमा निकै अगाडि रहेको उनको भनाइ छ ।
सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राजस्व चुहावट, तस्करी र सीमापार अपराध तुरुन्त रोक्न सुरक्षा निकायका अधिकारीहरू लाग्नुपर्ने बताए । लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध धेरै बढिरहेको दावी गरे । समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार नियन्त्रण नभएको बताए । गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास असफल बनाउन सरकारी संयन्त्र असफल देखिएको बताए ।
गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताए । २०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न, उनले भने । अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उनको भनाइ छ । संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने लेखकले बताए ।
लुम्बिनी प्रदेश बुद्ध जन्मस्थलका कारण विश्वभरका धार्मिक पर्यटक आउने थलो र विश्व शान्तिको मुहान भएकाले यहाँको सुरक्षा व्यवस्था चुस्त र भरपर्दो हुनुपर्ने गृहमन्त्रीले बताए । यसअघि सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूसँग छलफल गरेर राय सुझाव लिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
माघ १४, २०८१ सोमबार
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
माघ १४, २०८१ सोमबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु