रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने

नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १३:५३:२५

२ पुस, काठमाडौं । कास्की प्रहरीले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारीको रकम अपलचनमाथि दोस्रो चरणको अनुसन्धान सिध्याएर अनुसन्धान प्रतिवेदन बुझाएपछि थप अनुसन्धानमा निकिता पौडेल तानिने संभावना बढेको छ । लामिछानेको बैंक खाता र श्रीमती निकिता पौडेको बैंक खातमा देखिएको करोडौं रुपैयाँका कारण उनी पनि अनुसन्धानमा तानिने संभावना बढेको हो ।
काठमाडौं परिसरमा भने निकिताको सम्बन्धमा पनि उजुरी परेको छ । यद्यपि जिल्ला प्रहरी कास्कीमा पनि उनी विरुद्ध उजुरी लिएर अनुसन्धान गर्न सकिने प्रहरी उच्च स्रोतले जनाएको छ । ‘श्रीमतीको खातामा कसरी रकम जम्मा भयो भन्ने बारेमा उनीसँग सोधपुछ गर्न सकिने अवस्था छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतले भने ।
जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै तीन महिना लगाएर गरेको अनुसन्धानपछि रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सहकारीको १ अर्ब २४ करोड हिनामिना भएको प्रतिवेदन बुझाएको प्रहरीले रास्वपाका सभापति रवि लामिछानेमाथि झन्डै २८ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा सिफारिस गरेको छ । त्यसक्रममा श्रीमती निकिता पौडेलको खातामा समेत रहेको रकमलाई जोडिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा असोज ६ गते पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेर दोस्रो चरणको अनुसन्धान गरेको कास्की प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ । यो प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्न रहेका ३२ जनलाई पक्राउ गरेर अभियोजन लगाउनुपर्ने निष्कर्ष निकालेको प्रहरीले अन्य १९ जनाबाट भने सम्पत्ति जफत गर्नुपर्ने अनुसन्धान प्रतिवेदन बुझाएको जिल्ला सरकारी वकिल कार्यालय कास्की स्रोतले जनाएको छ ।
दुई महिना लामो अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ८ जना हिरासतमा छन् । पूर्वडीआईजी जोशी, लिला पछाइ, रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ, लिलाबहादुर गुरुङ र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् ।
सहकारीको रकम १ अर्ब २४ करोड ५६ लाख हिनामिना भएको प्रहरीको निष्कर्ष छ । त्यही पैसाले ३२ वटा कम्पनीमा लगानी गरेको देखिएको छ । सहकारीको रकममा लामिछानेमाथि ३ करोड ३७ लाख बिगो माग गर्नुपर्ने राय प्रहरीको छ । लामिछानेले सहकारीकै रकमबाट अन्य स्थानमा कारोबार गरेको २७ करोड ९९ लाख सम्पत्ति शुद्धीकरण गरेको राय प्रहरीले दिएको सरकारी वकिल स्रोतको दाबी छ । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधको कसुरमा मुद्दाका लागि प्रहरीले प्रतिवेदन दिएको हो ।
त्यस्तै लामिछाने र उनकी श्रीमती निकिता पौडेलको नाममा १८ वटा बैंक खाता रहेको र २०६९ भदौ २४ देखि २०८१ मंसिर १० गतेसम्म २८ करोड कारोबार भएको देखिएको छ । २०७८ साल कात्तिक २३ गतेदेखि २०८१ साउन १४ गतेसम्म लामिछानेले १ करोड २७ लाख रुपैयाँ अमेरिका स्थित लाओ एसिया प्यासिफिक स्याटलाइट कम्पनीमा बुझाएको देखिएको छ । रविकै श्रीमती निकिताको सम्पत्ति पनि जफत गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ
त्यस्तै सहकारी ठगीका मुख्य आरोपी जीबी राई विरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्रै १ अर्ब ८६ करोडको बिगो माग दाबीका लागि प्रहरीले राय दिएको छ । जीवीलाई राष्ट्रबैंक सम्बन्धी कसुर र संगठित अपराधमा पनि मुद्दाका लागि प्रहरीले सिफारिस गरेको छ । पूर्वडीआईजी जोशीको ७४ करोड सम्पत्ति शुद्धीकरणमा जाने देखिएको छ । छविलालकी श्रीमती र छोराको नाममा रहेको सम्पत्ति जफतका लागि राय दिइएको छ । सूर्यदर्शन सहकारीको अनुसन्धान सकिएपछि अब यो मुद्दा यसै साता अदालतमा प्रवेश गर्ने छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको रायअनुसार नै मुद्दा दायर गर्छ वा त्यसमा संशोधन गर्छ भन्ने हेर्न बाँकी छ । योसँगै चितवन, पर्सा, काठमाडौं, बुटवलको अनुसन्धान जारी नै छ ।
यी जिल्लामा पनि प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । प्रहरीले ती प्रतिवादी विरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो माग दाबी गर्न पनि राय दिएको छ । रवि विरुद्ध सहकारी ठगीसहित संगठित अपराध, तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अभियोजन गर्न प्रहरीले राय दिएको हो । जीवी राईविरुद्ध भने अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै थप कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको निष्कर्ष छ । ६५ जना प्रतिवादीमध्ये १९ जनाविरुद्ध यसअघि नै अभियोजन भइसकेको छ। बाँकी प्रतिवादीमध्ये ३७ जना अझै फरार रहेको कास्की प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार