प्रमुख राजनीतिक शक्तिले जिम्मेवारीबोध नगर्दा कानुन बनाउन सकिएन, संघीयतामाथि प्रश्न उठ्योः सभामुख
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १२:२०:४६
२ पुष, पोखरा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलहरूले जिम्मेवारीबोध नगर्दा संघीयता कार्यान्वयनसँग जोडिएका कानुन बनाउन नसकिएको बताएका छन् । उनले धेरै अगाडि बनाइसक्नु पर्ने कानुन अहिलेसम्म नबन्दा संघीयता कार्यान्वयनमा प्रश्न उठ्ने गरेको बताएका छन् । पोखरामा मंगलबार देखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
संघीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण गर्न ढिला भएको बताउँदै सभामुख घिमिरेले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए । आधारभूत रुपमा संघीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानुन बनाउन ढिला भए त्यसको असर दलमा पनि पर्ने उनको भनाइ छ ।
घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको बताए । संघीयतालाई बलियो बनाउने कानुन निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त नरहेको बताए । उनले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्था परिवर्तन गरेको दावी गरे । अब कानुन निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए ।
प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारीबोध गरेर अगाडि बढेमात्र सबै कुरा सम्भव हुने उनले बताए । सभामुखले संविधान संशोधनको बहसका बीच भएको संघीय संसद र प्रदेश सभासहितको सम्मेलन अर्थपूर्ण रहेको बताए । उनले संघीय संसद र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतालाई संस्थागत गर्न धेरै कानुनी प्रबन्ध र व्यवस्थापकीय कार्य बाँकी रहेको बताए । प्रदेश सरकारले दिने डेलिभरीमा भएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरे । कतिपय कानुनको अभावले संघ र प्रदेशबीच खाडल र अन्तरविरोध देखिएको छ,’ उनले भने, ‘संघीय सांसद र प्रदेश सांसदलाई भोट हाल्ने जनता नै अल्मलिने अवस्था रहेको उनको भनाइ छ ।
उनले विगतमा भएका अन्तर व्यवस्थापिका सम्मेलनले कानुन निर्माण र संसदीय अभ्यासलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गरेको धारणा राखे । सम्मेलनमा संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा तथा प्रदेशसभाका पदाधिकारीको सहभागिता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
पुष २, २०८१ मंगलबार
तत्काल अन्य पार्टीसँग एकताको सम्भावना छैन: एकीकृत समाजवादी
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति
पुष २, २०८१ मंगलबार
प्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
पुष २, २०८१ मंगलबार
इजरायलले गर्यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पावर प्लान्टको उद्घाटन
पुष २, २०८१ मंगलबार
एसीसी महिला यु-१९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने
पुष २, २०८१ मंगलबार