घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १२:२१:४
२ पुस, तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु भएको छ । लामो समयदेखि रोकिएको कालोपत्रको काम गत शनिबारदेखि पुनः सुरु भएको हो ।
निर्माण सम्पन्न गर्ने अवधि सकिएको लामो समयपछि कालोपत्र सुरु गरिएको देवघाट गाउँपालिकाका इञ्जिनीयर तीर्थ ढुङ्गानाले जानकारी दिए । काम छाडेर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि गाउँपालिकाले समयमै सम्पन्न गर्न ताकेता गरेको थियो ।
उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न जिएमआर कन्ट्रक्सन प्रालि चितवनले विसं २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा उक्त योजनाका लागि बजेट विनियोजन भएको थियो ।
एक हजार पाँच सय सय मिटर लम्बाइ र नालीसहित ११ मिटर चौडाइको उक्त सडक विसं २०८० पुस २१ गते सम्म सम्पन्न गर्ने गरी भ्याटसहित रु तीन करोड ७१ लाख ११ हजार दुई सय २५ मा ठेक्का लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
पुष २, २०८१ मंगलबार
सवारीसाधन व्यवस्थापनका लागि ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
पुष १, २०८१ सोमबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति
पुष २, २०८१ मंगलबार
प्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
पुष २, २०८१ मंगलबार
इजरायलले गर्यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पावर प्लान्टको उद्घाटन
पुष २, २०८१ मंगलबार
एसीसी महिला यु-१९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने
पुष २, २०८१ मंगलबार