थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १२:२९:२१
२ पुस, तनहुँ । यहाँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ । १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभएको थियो । गत सोमबारदेखि अस्पतालमा दन्त शिविर सुरु भएको हो ।
दाँतका समस्या भएका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले दन्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । दन्त शिविरमा दाँतको एक्सरे, सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरैदेखिको उपचार, गिजाको उपचार तथा औषधि वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैह्रापाटन पोखराबीच गत मङ्सिर २० गते भएको सम्झौता अनुसार दन्त शिविर सञ्चालन गरिएको हो । शिविर पुस ४ गतेसम्म सञ्चालन हुनेछ । शिविरको पहिलो दिन सोमबार वडा नम्बर १ र २, मङ्गलबार वडा नम्बर ३ र ४, बुधबार वडा नम्बर ५ र ६, बिहीबार वडा नम्बर ७ र शुक्रबार छुटेका सर्वसाधारणलाई सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
एक दिनमा ६० जनालाई उपचार सेवा दिइने जनाइएको छ । प्रत्येक स्थानीय तहमा एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको निर्णय बमोजिम यहाँ उक्त अस्पताल निर्माण भएको हो । रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ लागतमा अस्पताल भवन निर्माण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै लिनसक्ने
पुष १, २०८१ सोमबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
मंसिर २८, २०८१ शुक्रबार
सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुग्छन् ?
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति
पुष २, २०८१ मंगलबार
प्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
पुष २, २०८१ मंगलबार
इजरायलले गर्यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पावर प्लान्टको उद्घाटन
पुष २, २०८१ मंगलबार