इजरायलले गर्यो समुद्री छालबाट बिजुली उत्पादन गर्ने पावर प्लान्टको उद्घाटन
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १२:५५:४३
२ पुस, काठमाडौं । इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर प्लान्टको उद्घाटन गरेको इजरायलको ऊर्जा र पूर्वाधार मन्त्रालयले आइतबार एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
तेल अवीव–याफोको भूमध्यसागरीय सहरको जाफा पोर्टमा अवस्थित उक्त पावर प्लान्टको क्षमता १०० किलोवाट रहेको छ । यो इजरायली ऊर्जा कम्पनी इको वेभ पावरद्वारा विकसित गरिएको थियो ।
यो प्रणालीले ६० सेन्टीमिटर उचाइभन्दा कम छालबाट बिजुली उत्पादन गर्न सक्ने छ । स्मार्ट कन्ट्रोल सिस्टमले सुसज्जित यो प्रविधिले आँधीबेहरीमा हुने क्षतिलाई रोक्नको लागि समुद्रको सतहभन्दा माथि उठाउँछ ।
परियोजनाबाट उत्पादित सबै बिजुली इजरायलको राष्ट्रिय ग्रिडमा आपूर्ति गरिन्छ । राज्यको स्वामित्वमा रहेको इजरायल इलेक्ट्रिक कर्पोरेशनले सुविधाबाट उत्पादित सबै ऊर्जा खरिद गर्दछ ।
मन्त्रालयले यो परियोजना नवीकरणीय स्रोतबाट ऊर्जा उत्पादन बढाउने, वायु प्रदूषण घटाउने र इजरायलको ऊर्जा सुरक्षा बढाउने पाइला भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प, थुप्रै भवनहरु ध्वस्त !
पुष २, २०८१ मंगलबार
मस्को विस्फोटमा रुसी जनरल मारिए
पुष २, २०८१ मंगलबार
लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार गरियो
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
अझ रोमाञ्चक बन्दैछ नेपाल प्रिमियर लिग क्रिकेट
पुष २, २०८१ मंगलबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प, थुप्रै भवनहरु ध्वस्त !
पुष २, २०८१ मंगलबार
मस्को विस्फोटमा रुसी जनरल मारिए
पुष २, २०८१ मंगलबार
लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार गरियो
पुष २, २०८१ मंगलबार
मुकुन्देश्वरी डॉडामा निर्माण भइरहेको मिनी ग्रेटवाल
पुष २, २०८१ मंगलबार