ओलीले स्थान नदिएका वामदेव गौतमलाई साथ लिने तयारीमा छन् माधव नेपाल
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १२:५५:५३
२ पुष, काठमाडौं । तत्कालीन नेकपा विभाजन रोक्न असमर्थ भएपछि एमाले परित्याग गरेका वामदेव गौतम पुनः एमालेमा फर्कने वातावरण नबनेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समावेश हुने बुझिएको छ । गौतमले औपचारिक रुपमै एमालेमा फर्किएर राजनीतिलाई पूर्णविराम दिने सोच बनाएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको चाहनालाई महत्व दिएनन् ।
ओलीले गौतमलाई एमाले फर्कने वातावरण बनाउने तिर भन्दा बिगार्ने तिर जोड दिएपछि माधव नेपालले उनलाई आफू मातहतमा ल्याएर उचित स्थान दिने तयारी गरेका छन् । एकीकृत समाजवादीका एक नेताले दिएको जानकारी अनुसार सम्भवतः मंगलबार बामदेव गौतमलाई एकीकृत समाजवादी पार्टीमा लाने कुरामा औपचारिक निर्णय हुनेछ । गौतमले भने माधव नेपालको पार्टीमा जाने कुरा औपचारिक रुपमा जानकारी गराएका छैनन् ।
माधव नेपाल नेतृत्वको नेकपा एसको स्थायी कमिटी बैठक चलिरहेको छ । बामदेव गौतमलाई पार्टीमा ल्याउनुपर्ने औपचारिक प्रस्ताव नै परेको छ । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई पार्टीमा भित्र्याउने यो प्रस्तावमाथि आज छलफल भई निर्णय आउनेछ । सोमबारको बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले उक्त प्रस्ताव पेश गरेका थिए । यसबारे अध्यक्ष नेपालले छलफल गरी वामदेवलाई भित्र्याउने बारेको प्रस्ताव अनुमोदन गराउने बताइएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एसले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नुपर्ने वामदेवको सर्त रहेको छ । यही विषयमा सहमति नभएका कारण पार्टी प्रवेशमा कुरा मिलेको थिएन । अहिले अध्यक्ष नेपाल र गौतमबीच छलफल भइसकेर यो प्रस्ताव आएको बताइएको छ । गौतमले अहिले पार्टी एकता राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका छन् । यसमा ७२ सदस्यीय कमिटी छ । आजको बैठकले पार्टी नेताको कार्य विभाजन पनि गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही वर्षका बीचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको छः प्रधानमन्त्री ओली
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
अझ रोमाञ्चक बन्दैछ नेपाल प्रिमियर लिग क्रिकेट
पुष २, २०८१ मंगलबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प, थुप्रै भवनहरु ध्वस्त !
पुष २, २०८१ मंगलबार
मस्को विस्फोटमा रुसी जनरल मारिए
पुष २, २०८१ मंगलबार
लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार गरियो
पुष २, २०८१ मंगलबार
मुकुन्देश्वरी डॉडामा निर्माण भइरहेको मिनी ग्रेटवाल
पुष २, २०८१ मंगलबार