कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १३:३९:१३
२ पुष, पोखरा । सहकारीको रकम दुरुपयोगको अभियोगमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । प्रहरीले अदालतसँग ४ दिनकै म्याद मागेको थियो । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो । खनालले जिल्ला सरकारी वकिलको कार्यालयले मागेको समय ४ दिनलाई नै अदालतले सदर गरेको बताए । कास्की प्रहरीले मंगलबार लामिछानेलाई अन्तिम पटक हिरासत म्याद थपको माग गर्दै जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
न्यायाधीश हिमलाल बेलबासेको २ नं. इजलासमा छोटो बहसपछि उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । इजलासमा लामिछानेले आफूलाई बाहिरै छाडिदिएको भए के प्रमाण नष्ट गर्थेँ भन्दै न्यायाधीशसँग प्रश्न गरेका थिए । उनीसहितलाई प्रतिवादी बनाएर प्रहरीले सरकारी वकिलसमक्ष अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीले रवि लामिछानेसहितका आरोपीलाई म्याद थपका लागि अदालत उपस्थित गरायो
पुष २, २०८१ मंगलबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
अझ रोमाञ्चक बन्दैछ नेपाल प्रिमियर लिग क्रिकेट
पुष २, २०८१ मंगलबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प, थुप्रै भवनहरु ध्वस्त !
पुष २, २०८१ मंगलबार
मस्को विस्फोटमा रुसी जनरल मारिए
पुष २, २०८१ मंगलबार
लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार गरियो
पुष २, २०८१ मंगलबार
मुकुन्देश्वरी डॉडामा निर्माण भइरहेको मिनी ग्रेटवाल
पुष २, २०८१ मंगलबार