एसिया कपमा भारतलाई नेपालले दियो ९५ रनको लक्ष्य
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १४:२९:५०
२ पुष, काठमाडौं । एसीसी महिला यू–१९ एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाइन् । त्यस्तै एलिशाकुमारी यादवले भने ९ बलमा ४ चौकासहित २० रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । भारतका लागि परुनिका सिसोदियाले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै मिथिला भी र आनन्दिता किशोरले १÷१ विकेट लिए ।
नेपाल यसअघि १ खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ । सोमबार नेपालले पाकिस्तानमाथि ६ विकेटको ऐतिहासिक जित हासिल गरेको छ । महिला क्रिकेटको कुनै पनि समूहमा नेपालले टेस्ट राष्ट्रको टोलीलाई हराएको यो पहिलो पटक हो । पाकिस्तान अघिल्लो दिन भारतसँग ९ विकेटले पराजित भएको अवस्थामा नेपालले निर्णायक मानिएको खेलमा बाजी मार्दै सोझै सेमिफाइनल तय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल विजेताले १ करोड १० लाख पुरस्कार पाउने
पुष २, २०८१ मंगलबार
अझ रोमाञ्चक बन्दैछ नेपाल प्रिमियर लिग क्रिकेट
पुष २, २०८१ मंगलबार
एसीसी महिला यु-१९ एसिया कपको जारी खेलमा नेपालले ब्याटिङ गर्ने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
एनपीएल विजेताले १ करोड १० लाख पुरस्कार पाउने
पुष २, २०८१ मंगलबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
अझ रोमाञ्चक बन्दैछ नेपाल प्रिमियर लिग क्रिकेट
पुष २, २०८१ मंगलबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प, थुप्रै भवनहरु ध्वस्त !
पुष २, २०८१ मंगलबार