पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १४:४९:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/aalu_qG2C294XhN_VEotDiGPeg.jpg)
२ पुस, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्याएको थियो ।
दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र कुम्हारले रु दुई लाख खर्च गरेर पुनः आलु रोपेको बताए । पहिले आलु रोप्दा उनले रु तीन लाख बढी खर्च गरेको थियो ।
“दोस्रो पटक आलुको बीउ किनेर रोपियो तर मल हाल्नु परेन”, उनले भने । नरेन्द्रले १७ कठ्ठा जग्गामा आलु खेती गर्नुभएको छ । “पहिले लगाएको आलु बेमौसमी पानीले सखाप पा(यो, जग्गा त्यत्तिकै राख्ने कुरा भएन, आफन्तसँग सापट र ऋण गरेर आलु रोपेका छौंँ” उनले भने । स्थानीय रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः रोपेको बताए ।
हिरमिनिया आलुको पकेट क्षेत्र मान्निछ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी पानीले आलु बारी डुवान भएको थियो । तीन दिनसम्म डुवानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो । जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए । केही किसानको थोरै बेर्ना उम्रिएपनि अधिकांशको उम्रिएन । आलु पुनः रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगायतका तरकारी लगाएका छन् ।
हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसान जयपाल मौर्य हुन् । उनले ड्याङ बनाएर आलु रोपेकाले केही बेर्ना उम्रिएको बताए । नउम्रिएको ठाउँमा फेरि रोपेको छ । स्थानीय रमेश मौर्यले दोस्रो पटक पाँच हजार क्वीन्टलका दरले बीउ किनेर आलु रोपेको बताए ।
डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताए । उनका अनुसार हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका सबै किसानले आलु खेती गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार