रातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १५:५:२२
२ पुस, सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० किलोग्राम गाँजा बरामद गरेको छ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरी ल्याउँदै गरेको उल्लिखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस क्याम्प धरानका बेस प्रमुख सशस्त्र डीएसपी देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीको डिउटी टोलीलाई देखेपछि भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५३ नम्बरको रातो सुजुकी कार चालकले गाडीलाई अकस्मात् सडकमै छाडी कार चालक फरार भएका छन् ।
सशस्त्र प्रहरीले तत्कालै उक्त कारलाई चेकजाँच गर्दा उक्त कारमा प्लाष्टिकमा प्याकिङ गरिएको १९० केजी प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको साथै सोही कारसँगै आएको को ३५ प २०४५ नम्बरको डुक मोटरसाइकलमा सवार दुई जनालाई पनि नियन्त्रणमा लिन सफल भएको छ ।
गाँजा तस्करीको स्कटिङ गर्ने सुनसरी बराहक्षेत्र नपाका कर्णबहादुर पाण्डे र जिल्ला धनकुटा धनकुटा नपाका सलमान राई पक्राउ परेका हुन् । उनीहरूसँग थप सोधपुछ तथा निजहरुको साथमा रहेको मोबाइल फोन अनुसन्धान गर्ने क्रममा उक्त गाँजा तस्करमा संलग्न रहेको साथै किनबेच तथा बाटो स्कर्टिङ्ग गर्ने कार्यमा समेत संलग्न रहेको पाइएको हुँदा उक्त गाँजा,व्यक्ति, मोटरसाइकल र कारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका एसपी समनेन्द बज्राचार्यले नेपालबहसलाई जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौंः मुख्यमन्त्री कार्की
मंसिर २१, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
एनपीएल विजेताले १ करोड १० लाख पुरस्कार पाउने
पुष २, २०८१ मंगलबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
अझ रोमाञ्चक बन्दैछ नेपाल प्रिमियर लिग क्रिकेट
पुष २, २०८१ मंगलबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प, थुप्रै भवनहरु ध्वस्त !
पुष २, २०८१ मंगलबार