तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १६:५:३७
२ पुष, काठमाडौं । मंगलबार शेयरबजारमा सामान्य अंकको सुधार भएको छ । आज नेप्से २.९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा बन्द भएको छ । नेप्सेका अनुसार आज ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजारको कारोबार भएको छ । आजको कारोबारमा ११७ कम्पनीको शेयर मूल्य बढ्दा ११७ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
तीन कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै जानकी फाइनान्स कम्पनीको शेयरमूल्य ९.८५ प्रतिशतले बढ्दा दोल्ती पावर कम्पनीको शेयरमूल्य ९.०९ प्रतिशतले बढेको छ ।
गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको हो । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो ।
मंगलबार त्यो प्रवृत्तिमा सुधार आए पनि वृद्धि उत्साहजनक हुन सकेन । मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ । गएका दुई कारोबार दिन ६ अर्ब हाराहारीमा कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।
आज सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक सबैभन्दा उच्च दर ०.६५ प्रतिशतले घटेको छ । सोमबार सकारात्मक सर्किट लागेर ३३ सय पुगेको कुथेली बुखारी साना जलविद्युत् आयोजनाको शेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेर २९७० मा झरेको छ । १० कम्पनीको शेयर मूल्यमा भने कुनै तलमाथि भएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
लगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
मंसिर २६, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
के तपाई बिरालो पाल्ने शौकीन हुनुहुन्छ ? होसियार
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
एनपीएल विजेताले १ करोड १० लाख पुरस्कार पाउने
पुष २, २०८१ मंगलबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
अझ रोमाञ्चक बन्दैछ नेपाल प्रिमियर लिग क्रिकेट
पुष २, २०८१ मंगलबार
तीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार