३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
नेपालबहस संवाददाता
पुस २, २०८१ मंगलबार १७:१७:२५
२ पुष, काठमाडौं । विशेष अदालतले ३ करोड २१ लाख ३२ हजार बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका शाखा अधिकृत यामकुमार कार्कीलाई सफाइ दिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत कार्कीले अदालतबाट सफाइ पाएका हुन् ।
गत ८ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा फैसला सुनाउँदै बिशेष अदालतले मंगलबार सफाइ दिएको हो । बिशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर तथा सदस्यहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले सफाइ दिने फैसला गरेको हो । कार्कीले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी अकुत आर्जन गरेको उजुरीमा आयोगले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।
कार्की २०५८ साल साउनमा सरकारी सेवामा प्रवेश गरेकोमा २०७९ चैतसम्मको मूल्याङकनमा उनीसँग सरकारी मूल्याङकनअनुसार ६ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको सम्पत्ति भेटिएको थियो । त्यसमध्ये तीन कराड २१ लाख ३२ हजार रुपैयाँ बराबरको स्रोत खुलाउन नसकेको भन्दै सोही बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको थियो । यस्तो सम्पत्ति उनले पत्नी देवका अधिकारी तथा छोरी गृष्मा कार्कीको नाममा समेत राखेको भन्दै उनीहरुलाई समेत सम्पत्ति जफतको प्रयोजनका लागि आयोगले प्रतिवादी बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
बोटलर्स नेपाल लिमिटेडलाई नेप्सेको स्पष्टीकरण, शेयर कारोबार रोक्का
पुष २, २०८१ मंगलबार
बझाङमा भूकम्पको धक्का महसुस
पुष २, २०८१ मंगलबार
सङ्क्रमणकालीन न्याय निरुपण गर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समिति असफल
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के तपाई बिरालो पाल्ने शौकीन हुनुहुन्छ ? होसियार
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार