संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार ९:१०:४२
३ पुस, काठमाडौं । संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने बिद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । जसका लागि बिहान ९ः०० बजे बैठक आव्हान गरिएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज पनि राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः ३० बजेवाट सुरू हुने सचिवालयले जनाएको छ ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने विभिन्न स्थलगत अनुगमन प्रतिवेदनहरू सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक ११ः०० बजेबाट सुरू हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार