कर्णाली याक्सले चितवनलाई दियो १७६ रनको लक्ष्य, तीन विदेशी खेलाडीले दिए महत्वपूर्ण योगदान
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार ११:१:३३
३ पुष, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।
एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए । कोल्सावालाले ३५–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति विलियम बोसिस्टोसँग ४९ रनको साझेदारी गर्दै कर्णालीको मध्यक्रम सम्हालेका थिए ।
बोसिस्टोले ५२ रन बनाए । उनले ३९ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । बोसिस्टोले ९७–४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति चान्डविक वाल्टनसँग ६७ रनको साझेदारी गर्दै कर्णालीलाई बलियो योगफलसम्म पु¥याएका हुन् । वाल्टनले अविजित ४६ रन जोडे । आक्रामक रूपमा प्रस्तुत भएका वाल्टनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान सोमपाल कामी शून्यमा अविजित रहे ।
कर्णालीका अर्का ओपरन रित गौतम ‘गोल्डेन डक’ र गुल्सन झा ‘डक’ भए । जिसान मक्सुदले १२ बलमा एक चौका र एक छक्कासहित १४ रन थपे । देव खनाल तीन रन बनाएर पभेलियन फर्किए । चितवनका सोहेल तान्विरले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सोहेलले २४ रन खर्चिए । सरद भेषवाकर, रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट हात पारे ।
यो खेलमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । आजै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् । तीन विदेशी खेलाडीहरु जयकिशन कोल्शावाला, विलियम बोसिस्टो र चाडविक वाल्टनले महत्वपूर्ण योगदान दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
एनपीएल विजेताले १ करोड १० लाख पुरस्कार पाउने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार