मन्त्रिपरिषदका नीतिगत निर्णयमाथि अख्तियार हावी हुनेगरी उपसमितिले पारित गर्यो विधेयक
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार ११:३७:४०
३ पष, काठमाडौं । लामो छलफलपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक पारित गरेको छ । यो विधेयकमा मन्त्रिपरिषद्का नीतिगत निर्णयलाई अख्तियारले हेर्न मिल्ने प्रावधान राखिएको छ । यसअघि यो प्रावधान थिएन् । राजनीतिक दलबीच निकै खिचातनी भएको यो विषय अन्त्यमा विधेयकमा समावेश भएको छ ।
अब जस्ताको त्यस्तै संसदबाट पारित भए मन्त्रिपरिषद्ले गर्ने जुनसुकै निर्णयमा अख्तियारले छानबिन गर्न पाउने कानुनी व्यवस्था बन्नेछ । मन्त्रिपरिषद्ले गरेको निर्णयले सुशासनलाई प्रतिकूल प्रभाव पर्ने काम भएकाले यस्तो व्यवस्था राख्नुपर्ने अवस्था आएको उपसमितिका एक सदस्यले बताए । विगतमा मन्त्रिपरिषदले गर्ने निर्णयमाथि सार्वजनिक रूपमा प्रश्न उठेपनि अख्तियारले हेर्न सक्ने व्यवस्था थिएन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाका अनुसार उपसमितिले मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत नहुने व्याख्या गरेको छ । तर, मन्त्रिपरिषदका सवै निर्णयलाई नीतिगत मानिदै आएको छ । अब विधेयक समिति हुँदै सदनबाट हुबहु पारित भए संघ र प्रदेश सरकारले गरेका निर्णयमाथि पनि अख्तियारले अनुसन्धान गर्ने बाटो खुल्नेछ । राज्य व्यवस्था समितिले सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । थानीले भने उपसमितिले पारित गरेको विधेयकमा मन्त्रिपरिषद्का कस्ता निर्णय नीतिगत नमान्ने भन्ने व्याख्या गरिएको बताए ।
प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सर्वसाधारणलाई समान रूपमा लागू नहुने र सार्वजनिक रूपमा घोषणा भएको नीतिको प्रतिकूल हुने गरी कुनै खास व्यक्ति वा निजी संस्थालाई मात्र लाभ हुने गरी गरिएको निर्णय, सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम हुनेमा बाहेक सार्वजनिक खरिद सम्बन्धमा गरिएको निर्णय र प्रचलित कानुनबमोजिम अन्य निकाय वा अधिकारीले निर्णय गर्नुपर्ने विषयमा अधिकारक्षेत्र नाघी गरिएको निर्णय नीतिगत नहुने थानीले बताए ।
यसअघि मन्त्रिपरिषद्को कुनै पनि निर्णयमा अख्तियारले अनुसन्धान गर्न पाउँदैनथ्यो । त्यसैले मन्त्रालयका सहसचिव, सचिव वा अन्य सरकारी अधिकारीले कानुनी कारबाहीबाट बच्न मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रवृत्ति बढेको थियो । मुलुकको सुशासनमाथि प्रश्न उठ्ने कार्य मन्त्रिपरिषद्बाट हुने भएकाले उसले गरेका निर्णयमाथि अख्तियारले छानबिन गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने अवाज उठ्दै आएको थियो ।
यो विधेयक पारित हुँदा नीतिगत निर्णय गर्ने प्रधानमन्त्री र मन्त्री छानबिनको दायरामा नआउने तर प्रस्ताव लैजाने सचिवलाई भने मुद्दा लाग्ने व्यवस्थामा परिवर्तन आउनेछ । मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिनको दायरामा आउने भन्ने व्यवस्थाले प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च अधिकारीलाई सही काम गर्नुपर्ने तर गलत कामलाई कानुनले छुट दिँदैन भन्ने मान्यता स्थापित गर्ने उपसमितिका संयोजक थानीले बताए ।
प्रदेश मन्त्रिपरिषद्ले गरेका निर्णय नीतिगत हुने कि नहुने भन्ने विषयमा पनि राज्य व्यवस्थाको उपसमितिमा छलफल भएको थियो । अन्तिममा उपसमितिले केन्द्र सरकारले जस्तै प्रदेश मन्त्रिपरिषद्का लागि पनि के–के विषयलाई नीतिगत निर्णय होइनन् भन्ने व्याख्या लाग्ने र प्रदेश मन्त्रिपरिषद्ले पनि रोक लगाएका विषयबाहेकमा नीतिगत निर्णय लिन सक्ने व्यवस्था गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक ५ वर्षदेखि संसदमा विचाराधीन छ । सरकारले २०७६ माघमा उक्त विधेयक राष्ट्रिय सभामा दर्ता गराएको थियो । राष्ट्रिय सभाले २०७९ चैतमा पारित गरेर उक्त विधेयकलाई प्रतिनिधिसभामा पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार