दुर्गा प्रसाईंका छोरा निराजनले वारेसमार्फत दिएको दोस्रो बन्दी प्रत्यक्षीकरण रिट पेशीमा चढ्यो
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १२:१३:३१
३ पुष, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका छोरा निराजनले थुनामुक्त गर्न दोस्रो पटक सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेशीमा चढेको छ । यो रिट बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।
उनको यसअघिको बन्दीप्रत्यक्षीकरणकै रिट सर्वोच्चले खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले साइबर अपराधबाहेक अर्कोमा म्याद थप गरेपछि निराजनले दोस्रो रिट दर्ता गराएका थिए । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ ।
प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ र म्याद थप गराएको दाबीसहित छोरा निराजनले मंगलबार अर्को रिट दर्ता गराएका थिए । यसपटक निराजनको वारेस भएर नारद खवासले रिट दर्ता गराएका छन् । प्रसाईं क्यान्सरजस्तो गम्भीर रोगको बिरामी भएको रिट निवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार