कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश, २१ रनले हारेको चितवन राइनोजले १५ लाख पाउने
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १२:४४:१५
३ पुष, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कर्णालीले अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
हारसँगै प्रतियोगिताबाट बाहिरिएको चितवन राइनोजले चौथो स्थान सुनिश्चित गरेसँगै १५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ । यो खेलको विजेता टोली फाइनल पुग्नेछ । बुधबार कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सकेको हो ।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । १८औं ओभरमा नन्दन यादवको बलमा गुल्सन झाबाट क्याच हुनुअघि उनले ५३ रन जोड्ने क्रममा ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । चितवनको ब्याटिङ कुनै पनि बेला सम्हालिन सकेन ।
ओपनर हसन इशाखिल पहिलो ओभरमा एक रनमा आउट भए । अर्का ओपनर विपिन रावलले भने १८ रन बनाए । दुवैलाई कर्णालीका कप्तान सोमपाल कामीले गुल्सन झाबाट क्याच गराए । विपिन तेस्रो ओभरमा आउट भएका थिए । लुक बेन्केस्टाइनले १६ रन र कप्तान कुशल मल्ल २१ रन जोडेर आउट भए । १६ औं ओभरमा कर्णालीका मक्सुदले दुई विकेट लिए । उनले सन्तोष कार्कीलाई ८ रन र सोहेल तन्विरलाई ४ रनमा क्याच गराएका थिए ।
१८ औं ओभरमा अमरसिंह रटेउला ९ रन बनाएर खेलिरहदा नन्दन यादवबाट बोल्ड भएका थिए । दोस्रो बलमा अमर पेभिलियन फर्किएपछि पाँचौ बलमा रवी बोपारा पनि छक्का प्रहार गर्ने क्रममा बोपारा पनि आउट भए । बोपारा आउट भएसँगै आठ विकेट गुमाएको चितवन हार नजिक पुगेको थियो । अन्तिम ओभरमा रिजन ढकाल ७ रनमा रनआउट हुँदा शरद भेषवाकरले बलिङमा कर्णालीका जीशन मक्सुदले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए ।
कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए भने विपिनप्रसाद शर्माले १ विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदान टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो । जारी एनपिएलमा कर्णालीको यो उच्च योगफल हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार