के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
![कुसुम सेञ्चुरी](
https://nepalbahas.prixacdn.net/media/albums/kusum_senchury_W1qiWWR643.jpg
)
कुसुम सेञ्चुरी
पुस ३, २०८१ बुधबार १२:५६:८
![](https://nepalbahas.prixacdn.net/media/albums/aarju_XQ8xQFkhtn_FDYqEWE3Mz.png)
३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्के लगत्तै गृह जिल्ला झापा पुगेर आफू भारत भ्रमणको तयारीमा रहेको बताएको धेरै भएको छैन । प्रधानमन्त्री ओलीले नै यस्तो बताएपछि राजनीतिक वृत्तमा प्रधानमन्त्रीले छिट्टै भारत भ्रमण गर्ने प्रचार भयो । अझ भन्ने हो भने –मिडिया ट्रायल भयो । यो क्रम अहिलेसम्म जारी रहेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुन्छ भन्ने कौतुहलता जारी रहेका बेला परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा भोलि अर्थात् पुस ४ गते भारत भ्रमणमा जाने भएकी छिन् । पुस ५ गते दिल्लीमा हुने एउटा कार्यक्रममा भाग लिने भनिएपछि विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गर्ने उनको उद्देश्य हो । ‘प्रधानमन्त्रीले औपचारिक रुपमा भारत गर्ने बताएपछि परराष्ट्रमन्त्री दबाबमा रहेका कारण यूरोपबाट भारत भ्रमणमा जान लाग्नु भएको हो’, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने । स्रोतका अनुसार विदेश मन्त्री एस जयशंकरसँगको भेटघाटपछि मात्रै प्रधानमन्त्रीको भारत भ्रमणबारे टुंगो लाग्नेछ ।
चीन भ्रमणबाट फर्केपछि युरोपेली देशहरूको भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री देउवा नेपाल नआइ उतै भारत जान लागेकी हुन् । अन्तर्राष्ट्रिय अदालतमा जलवायु न्याय सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको प्रतिनिधित्वका लागि राणा मंसिर २२ मा नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी उनी युरोपमै भेटघाट र घुमघाममा व्यस्त छिन् । उनी अरू केही दिन विदेशमै रहने छिन । नेपाल आउनुअघि भने उनी युरोपबाट दक्षिणी छिमेकी भारतको नयाँ दिल्ली पुग्ने छिन्, अनि मात्रै काठमाडौँ फर्किने छिन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनी भारतमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्बन्ध विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न त्यहाँ जान लागेकी हुन । नेपालको काठमाडौँ विश्वविद्यालयको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको एउटा गैरसरकारी संस्था फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । शुक्रबार हुने सम्मेलनमा परराष्ट्रमन्त्री राणाले मुख्यवक्ताको रूपमा सम्बोधन गर्ने छिन ।
त्यहाँ रहँदा उनले भारतीय विदेशमन्त्रीसँग भेटघाटको प्रयास गर्ने छिन् । तर मन्त्री राणाले सहभागिता जनाउने कार्यक्रमको भारत सरकारसँग कुनै साइनो नरहेको र सरकारी अधिकारीहरूसँग औपचारिक भेटघाटको कार्यक्रम पनि अहिलेसम्म बनिसकेको छैन । ‘भारतीय विदेशमन्त्री नयाँ दिल्लीमा नहुने भएकाले उनको भेटघाटको कार्यक्रम बनेको छैन, यद्यपि नेपालका परराष्ट्रमन्त्री भारतमा आउने भएपछि विदेशमन्त्रीले समय दिनपनि सक्छन्’, भारतस्थित एक सञ्चारकर्मीले भने ‘ नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव दिल्लीमै रहेका कारण भेटघाट हुनपनि सक्छ । परराष्ट्र मन्त्री पुस ६ गते (शनिबार) नेपाल फर्केपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण कहिले हुन्छ भन्ने जानकारी हुने भएकाले परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्री ओलीको भ्रमणबारे अनभिज्ञ रहेको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र चीनसँग भएको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतालाई लिएर बहस भइरहेका बेला परराष्ट्रमन्त्री राणा दोस्रो पटक भारत भ्रमणमा जान लागेकी हुने । नेपालको चीनसँग एड फाइनान्सिङको शर्तमा बीआरआई सम्झौता भएपछि उनलाई यतिबेला भारतले बिगतमा गरेको विश्वासमा कमी आएको हो । उनकै उपस्थितिमा चीन भ्रमणको बेला (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो ।
बीआरआई सम्झौतालाई कांग्रेसले खुलेर ऋण नलिने भनिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गरेको छैन । कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको थियो । प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार