लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १३:२१:१५

३ पुस, नेपालगञ्ज । प्रहरीले बाँकेमा गत मंसिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई सात वर्ष दुई महिना २० दिन कैद र रु आठ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकामा पर्खाइमा रहेका ३८ मुद्दालाई फर्स्यौट गरिएको जानकारी दिएको छ । ठाडो उजुरीतर्फका ४२८ मुद्दामा ४१६ फछर्यौट भएको र १२ वटा बाँकी निवेदन फर्स्यौट प्रक्रियामा रहेका छन् । जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु ४६ हजार जरिवाना गराइएको छ ।
जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ भने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फर्स्यौट गरिएको छ ।
चौध उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् ।
ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै रु २४ लाख ७१ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
नेपाल प्रहरीसम्बन्धी विधेयकः संसदमा सत्तापक्ष र प्रतिपक्षका गरी ५२ वटा संशोधन प्रस्ताव दर्ता
फागुन ९, २०८१ शुक्रबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
कांग्रेसको स्थानीय तह समन्वय विभागमा दश सदस्य थप
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार