हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १४:४२:२
३ पुस, काठमाडौं । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको आक्रमणपछि आगजनी गरिएको अस्पताल र प्रहरी स्रोतले मंगलबार जानकारी दिएको छ ।
बर्नार्ड मेभ्स अस्पतालमा सोमबार राति भएको आगलागीमा कोही पनि हताहत नभएको अस्पताल स्रोतले जनाएको छ तर आगलागीबाट उपचार कक्षका चार कोठा, प्रयोगशाला, परीषण उपकरण र प्रशासनिक कार्यालय जलेर नष्ट भएका छन् ।
मोलोटोभ ककटेल’ प्रयोग गरेर अस्पतालमा आगो लगाएका संदिग्ध आक्रमणकारीहरू ‘भिभ अन्सानम’ गठबन्धनसँग सम्बन्धित गिरोहका सदस्यहरू थिए । उनले भने, “आक्रमणले राजधानीको चिकित्सा क्षमतामा उल्लेखनीय प्रभाव पार्नेछ।”
देशको सबैभन्दा उन्नत ‘मेडिकल इमेजिंग टेक्नोलोजी’ भएको निजी अस्पतालले हाइटीको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । क्यारेबियन राष्ट्रको राजधानीमा एक महिनाभन्दा बढी समयदेखि सशस्त्र समूहले आक्रमण गरिरहेको अवस्थामा बढ्दो उथलपुथलको यो पछिल्लो उदाहरण हो ।
संयुक्त राष्ट्रसंघ र एक स्थानीय गैरसरकारी संस्थाका अनुसार डिसेम्बरको सुरुमा एक ‘शक्तिशाली गिरोहका नेता’ले ‘भुडू व्यवसायी’ विरुद्ध गरेको नरसंहारमा करिब २०० जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार