फाइनल पुग्न सुदूरपश्चिमलाई जनकपुरको १४० रनको लक्ष्य, दीपेन्द्रसिंह ऐरीले लिए तीन विकेट
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १४:५३:३६
३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।
जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् । बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए । स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सैब जैबले दुई विकेट लिए । दीपेन्द्रले जनकपुरका ओपनर लहिरु मिलान्था, अरनिको यादव र मोहसिन मोहमदको विकेट लिएका हुन् । जैबले आसिफ शेख र हर्ष थाकेरको विकेट लिए ।
स्कट कुग्गेलेन र अभिनाश बोहराले समान एक विकेट लिए । कुग्गेलेन निसमलाई पभेलियनको दिशा देखाएका थिए । अभिनाशले शेर मल्ललाई ब्रान्डन म्याकमुलमबाट क्याच गराए । यी दुई टिमबीच लिग चरणमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।
लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो । आजको खेलमा जित निकाल्ने टिमले सोझै फाइनल यात्रा तय गर्नेछ । पराजित हुने टिमले भने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार