दुर्गा प्रसाईंको रिहाई माग गरिएको रिटमा सर्वोच्चले भन्यो बन्दीलाई अदालत उपस्थित गराउनु
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १५:१०:४०
३ पुष, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अश्विकार गरेको छ । अदालतले बुधबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै बन्दीसहित उपस्थित हुन् आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा यो रिटको पेशी तोकिएको थियो ।
पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उनको यसअघिको बन्दीप्रत्यक्षीकरणकै रिट सर्वोच्चले खारेज गरिदिएको थियो । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ ।
प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ र म्याद थप गराएको दाबीसहित छोरा निराजनले मंगलबार अर्को रिट दर्ता गराएका थिए । यसपटक निराजनको वारेस भएर नारद खवासले रिट दर्ता गराएका थिए । प्रसाईं क्यान्सरजस्तो गम्भीर रोगको बिरामी भएको रिट निवेदनमा उल्लेख गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार