५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार १५:३५:५६
३ पुष, काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा बुधबार ४ अर्ब २७ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७ करोडले कमी आएको हो ।
कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १५ करोड मूल्य बढिको शेयर कारोबार भयो । रिभर फल्स पावरको १२ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ११ करोड, नेपाल फाइनान्सको १० करोड र सिकलेस हाइड्रोपावरको ८० करोड मूल्य बराबरको शेयर कारोबार भयो ।
नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । आज ३१४ स्क्रिप्सको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो । दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए । कुथेली बुखारीको शेयर ९.९० प्रतिशतले घट्यो ।
तीन समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए । फाइनान्स, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखियो । कारोबारमा आएका स्टक्समध्ये ८१ वटाको मूल्य बढ्यो भने १४९ वटाको घट्यो । १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन अंकले बढेर २६३३ विन्दुमा बन्द भयो नेप्से, ४ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
पुष २, २०८१ मंगलबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार