पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
आबिद हुसेन
पुस ३, २०८१ बुधबार १७:२८:९
३ पुस, वीरगञ्ज । पर्सा जिल्लामा अनुचित लेनदेन 'मिटर ब्याज' सम्बन्धी उजुरीहरू दर्ता गर्ने क्रम तीव्र रहेको छ । हालसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दुई हजार २२८ वटा उजुरी दर्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट प्राप्त तथ्याङ्क अनुसार मिटर ब्याजसम्बन्धी १६ सय ६३ उजुरी प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा पुगेका छन् । प्रहरी कार्यालयमा भने सोझै ५६५ उजुरी दर्ता भएका छन् ।
दर्ता भएका उजुरीमध्ये २७ वटा मुद्दा दर्ता भएका छन् । उजुरीमध्ये अहिलेसम्म १२ सय ३९ उजुरीमा मेलमिलाप भइसकेको छ भने ९६२ उजुरी मेलमिलाप प्रक्रियामा रहेका छन् ।
२२ करोडभन्दा बढी रकम फिर्ता
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, हालसम्म अनुसन्धानको क्रममा दुई जना महिलासहित १६ जना पक्राउ परेका छन् ।
उनका अनुसार मिटर ब्याजका उजुरीमार्फत ३५ करोड ७२ लाख ९५ हजार ३८१ रुपैयाँ माग दाबी गरिएकोमा २२ करोड १७ लाख ८० हजार १८२ रुपैयाँ बिगो रकम मेलमिलाप भएको छ मेलमिलापको क्रममा ३३ बिघा २ कट्टा १९ धुर ८ कन्वा घरजग्गा तथा अन्य जिन्सी सामान पनि पीडितलाई फिर्ता गरिएको छ ।
प्रशासन र प्रहरीमार्फत फिर्ता गरिएका सम्पत्ति
जिल्ला प्रशासन कार्यालयमार्फत ५ करोड ५९ लाख ६६ हजार ५६१ रुपैयाँ बिगो रकम मेलमिलाप भएको छ भने १८ बिघा १३ कट्टा १७ धुर ९ कन्वा घरजग्गा र अन्य जिन्सी सामान पीडितलाई फिर्ता गरिएको छ ।
त्यसैगरी, प्रहरी कार्यालयमार्फत १६ करोड ५८ लाख १३ हजार ६२१ रुपैयाँ बिगो रकम मेलमिलाप भएको छ । १४ बिघा ९ कट्टा २ धुर ८ कन्वा घरजग्गा तथा अन्य जिन्सी सामान फिर्ता गराइएको छ ।
अनुसन्धान तीव्रः प्रहरी प्रमुख
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले मिटर ब्याजसम्बन्धी उजुरी आउने क्रम नरोकिएको जानकारी दिए । उनका अनुसार उजुरीहरूमा प्रहरीले तीव्र अनुसन्धान गरिरहेको छ र पीडितलाई न्याय दिलाउने काममा निरन्तर लागिरहेको छ ।
प्रहरीले मेलमिलापमा जोड दिँदै पीडितलाई क्षतिपूर्ति तथा सम्पत्ति फिर्ता गर्न सफल भएको दाबी गर्दै मिटर ब्याजसम्बन्धी मुद्दालाई गम्भीरता पूर्वक लिएर अघि अनुसन्धान भइरहेको उनले बताए ।
मिटर ब्याजको समस्या पर्सा जिल्लामा गम्भीर रुपमा देखा परिरहेको छ । अहिलेसम्म १६ जनालाई पक्राउ गरी २२ करोडभन्दा बढी बिगो रकम फिर्ता गराउन सफल भए पनि उजुरी दर्ता हुने क्रम नरोकिएकोले यस प्रकारका अनुचित लेनदेन अन्त्य गर्न प्रशासन, प्रहरी र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा उनको जोड छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपस्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
भ्रष्टाचार गर्नेलाई आजीवन काराबासको व्यवस्था गर्नुपर्छः मुख्यमन्त्री सिंह
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार