आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
नेपालबहस संवाददाता
पुस ३, २०८१ बुधबार २०:२३:१३
३ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्न विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई अनुरोध गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले देशमा वैदेशिक लगानी भित्र्याउन तथा निर्यात सहजीकरणका निम्ति आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।
मुलुकको दिगो आर्थिक विकासका लागि आर्थिक कूटनीति महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यहाँ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै पर्यटन, जलस्रोत, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानी आवश्यक छ भने ।
त्यस अवसरमा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्टे«लियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा जङ्गबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, श्रीलङ्काका लागि डा पूर्णबहादुर नेपाली, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि सनील नेपालको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार