रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार ६:६:८
४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुझाए लगत्तै प्रहरीको ध्यान गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउनमा केन्द्रित भएको छ । गृहमन्त्रालयले कुटनीतिक तबरबाट राइलाई नेपाल ल्याउन पहल गरिरहेको बेला प्रहरीको विशेष व्यूरोले यसका पहल गरिरहेको स्रोतको दावी छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएका पोखरास्थित सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल ल्याउन कुटनीतिक पहल थालिएको हो ।यसकालागि गृहमन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले पहल थालेको छ । तर यसलाई सरकारले गोप्य राखेको छ । राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिक पहलबिना नेपाल ल्याउन असम्भव भएको ब्रिफिङ नेपाल प्रहरीले गृह मन्त्रालयमार्फत प्रधानमन्त्रीसम्म पु¥याएपछि यस्तो हिल थालिएको हो । यसमा नेपाल प्रहरीको विशेष व्यूरोलाई पनि सहभागी गराइएको छ ।
महानिरीक्षक बसन्तबहादुर कुँवरसहितका प्रहरीका उच्च अधिकृतहरूले मलेसियामा रहेका भनिएका राईलाई नेपाल ल्याउन प्रधानमन्त्रीभन्दा तल्लो तहका प्रयास भएको र अब प्रधानमन्त्रीकै प्रयास भएमा ल्याउन सकिने ब्रिफिङ भएको थियो । कास्की र रूपन्देही प्रहरीले पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जीबीविरुद्ध गत माघ १३ मा डिफ्यूजन र फागुन २१ मा रेड नोटिस जारी गरेपछि उनलाई नेपाल ल्याउन प्रहरीले भरमग्दुर प्रयास गरेको थियो ।
जीबीलाई नेपाल ल्याउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् मलेसियामा कूटनीतिक नोट पठाएएको थियो । गत फागुनमा पठाएको कूटनीतिक नोटको जवाफ मन्त्रालयले अहिलेसम्म पाएको छैन । त्यतिमात्र होइन, प्रहरी प्रधान कार्यालयले एसपीको कमाण्डमा दुई जनालाई मलेसिया पठाएको थियो । जीबी बसेको फ्ल्याट पत्ता लगाए पनि उनलाई नेपाल ल्याउने सम्भावना नदेखिएपछि प्रहरी टोली रित्तै फर्किन बाध्य भएको थियो । क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्ट खरिद गरेर बसेका जीबीलाई नेपाल र मलेसियाबीच ‘सुपुर्दगी सन्धि’ नभएका कारण नेपाल ल्याउन सम्भव नभएको प्रहरी र गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणाअनुसार जीबीले त्यहाँ ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा अपार्टमेन्ट खरिद गरेर बसेका छन् । यो अवधारणामा तोकिएको रकम बस्नेले मलेसियन सरकारलाई तिर्नपर्छ । त्यसपछि उसको मुलुकमा मलेसियन सरकारले फिर्ता गर्दैन । त्यसकै कारण कुटनीतिक नोट र नेपाल ल्याउन मलेसिया पु्गेको प्रहरी टोली रित्तो हात फर्किएको थियो ।
जीबी अध्यक्ष रहेको सूर्यदर्शन सहकारीबाट रकम अपचलन गरेर गोरखा मिडियामा लगानी गरेको आरोपमा कास्की प्रहरीले मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई पक्राउ गरी अनुसन्धान सिध्याएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । संसदीय छानबिन समितिले पाँच वटा सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ लगेर अपचलन गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार