अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार ११:५२:५१
४ पुस, काठमाडौं । गएराति देखि रास्वपा सभापति रवि लामिछानेको प्रहरी हिरासतमा रहेको तस्वीर भनेर सामाजिक सञ्जालमा हंगामा मच्चाइएको छ । नेपाल प्रहरी र हिरासतको गोपनीयताबारे विभिन्न प्रश्नहरू उठिरहेका छन् । तर, प्रहरी प्रशासनले भने यसको ठोस जवाफ दिएको छैन । रास्वपाका समर्थकहरूले यो तस्वीर रवि लामिछानेकै भएको दावी गर्दै सामाजिक सञ्जालमा मनलाग्दी गाली गरिरहेका छन् भने अर्कोथरीले यो रविको तस्वीर नभएको दावी गरिरहेका छन् ।
रविका समर्थक डा. निकोलस भुसालले यो तस्वीर आफूले खिचेको भनेर दावी गरेका छन् । तर, प्रहरीले तस्वीर कस्को हो र रविकै भए पनि कसरी खिचियो र सार्वजनिक गरियो भन्ने जवाफ दिन सकेको छैन । डा. भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको भन्दै माफी पनि मागेका छन् । उनले यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेको बताएका छन् ।
तस्वीर सार्वजनिक भएपछि एमालेका महासचिव शंकर पोखरेलले कसैलाई लक्षित नगरी सामाजिक सञ्जालको प्रोपोगाण्डा भनेका छन् । उनले सञ्जालको प्रोपोगान्डाबाट उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा हिँडेको दावी गरेका छन् । महासचिव पोखरेलले सोसल मिडियाको स्टन्ट र प्रोपोगान्डाबाट उदाएकाहरू त्यसैको चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको भनेर टिप्पणी गरेका छन् ।
गएराति देखि रास्वपा सभापति रवि लामिछानेको हिरासतको तस्बिर राखेर रास्वपाका नेता–कार्यकर्ताहरूले भने प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले सामाजिक सञ्जालमा यो तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न उठाएका थिए । यसपछि रास्वपा समर्थकहरू खुलेर लागेका छन् ।
खासमा डा. भुसाल को हुन भन्ने पनि प्रहरीले बताएको छैन । तस्वीर भाइरल भएपछि यसको फाइदा लिन उनले दावी गरेको पनि हुनसक्छ । तर, खासमा तस्वीर रवि लामिछानेकै हो भनेर किटान गर्न सकिने आधार छैन । अहिले प्रहरीले हिरासतभित्रको फोटो सार्वजनिक गरिदिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ । भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण उनले दिएका छन् ।
कास्की प्रहरीले भने रविको भनिएको भाइरल फोटोको वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ । कानुनका जानकारहरूका अनुसार यसरी अनुमति विना कसैको फोटो खिच्न र सार्वजनिक गर्न पाइँदैन । कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन । तर, कसरी सार्वजनिक भयो भन्दा पनि फोटो रविको हो कि हैन भन्नेमै प्रहरी दुविधामा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार