सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १२:२६:२८
४ पुष, कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको २०८१ पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमणमा आउने तय भएको छ । उनको यो भ्रमण र भेटघाटलाई नेता तथा कार्यकर्ताले पनि सहज रुपमा लिएका छन् । कोइरालाले सुदूरका ९ वटै जिल्लाका प्रतिनिधिहरुसँग भेट गर्ने र पछिल्लो राजनीतिक परिस्थितिकाबारेमा जानकारी दिने कार्यक्रम छ । अहिले सबैले कोइरालालाई कांग्रेस वरिष्ट नेता हाम्रो क्षेत्रमा आउन लागेको रुपमा अथ्र्याइएको छ ।
यसअघि नेताका यस्ता भ्रमण समूहगत रुपमा हेर्ने गरिएका थिए । संस्थापन र इतर समूह भनेर कार्यक्रम नै छुट्याइने गरिएको थियो । तर, यो पटक संस्थापन समूहका नेता कार्यकर्ताले पनि कोइरालालाई स्वागत गर्ने, भेट गर्ने र आफ्ना गुनासाहरु राख्ने तयारी गरेका छन् । उनलाई समग्र कांग्रेसको नेताका रुपमा लिइएको छ । कोइराला सुदूरपश्चिममा आएपछि उनकै समूहले फरक व्यवहार गरेमात्र नत्र देउवा पक्षका भनेर चिनिएका नेताहरुले पनि उनको स्वागत र भेटघाटको कार्यक्रम बनाएका छन् ।
उनी सुदूरपच्चिममा रहेका बेला भेट गर्ने र यहाँको बस्तुस्थितिबारे जानकारी गराउन कतिपय देउवापक्षकै नेताहरु पनि काठमाडौंबाट सुदूर आउने बुझिएको छ । कोइरालाको निजी सचिवालयले जनाएको अनुसार भ्रमण अवधिभर उनले धनगढीमा ९ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।
सचिवालयले जनाए अनुसार, डा. कोइरालाले पुष ५ गते शुक्रबार धनगढीमा सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ । उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुनेछ । शुक्रबार उनी दिनभर भेटघाटमै ब्यस्त रहने तालिका रहेको छ ।
पुष ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरुसँगको भेटघाट रहेका छ । सोही दिन दिउँसो डा. कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डा. कोइरालासँगै नेपाली कांगे्रसका नेता हृदयराम थानी, डा. गोबिन्दराज पोखरेल, सुनिल शर्मा लगायतका नेताहरुले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
डां शेखर कोइरालालाई भेटन सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारी तथा नेता कार्यकर्ता धनगढी आउनेक्रम शुरु भइसकेको छ । डा. कोइराला सुदूरपश्चिम आउने खबरले स्थानीय नेता तथा कार्यकर्ता निकै उत्साही भएका छन् । नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा हुने डा. कोइरालाको यो भ्रमणलाई पार्टी भित्र र बाहिर निकै चासोको साथ हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार