सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता

नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १२:२६:२८

४ पुष, कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको २०८१ पुष ५ गतेदेखि सुदूरपश्चिमको भ्रमणमा आउने तय भएको छ । उनको यो भ्रमण र भेटघाटलाई नेता तथा कार्यकर्ताले पनि सहज रुपमा लिएका छन् । कोइरालाले सुदूरको ९ वटै जिल्लाका प्रतिनिधिहरूसँग भेट गर्ने र पछिल्लो राजनीतिक परिस्थितिका बारेमा जानकारी दिने कार्यक्रम छ । अहिले सबैले कोइरालालाई कांग्रेस वरिष्ठ नेता हाम्रो क्षेत्रमा आउन लागेको रुपमा अर्थ्याइएको छ ।
यसअघि नेताका यस्ता भ्रमण समूहगत रुपमा हेर्ने गरिएका थिए । संस्थापन र इतर समूह भनेर कार्यक्रम नै छुट्याइने गरिएको थियो । तर, यो पटक संस्थापन समूहका नेता कार्यकर्ताले पनि कोइरालालाई स्वागत गर्ने, भेट गर्ने र आफ्ना गुनासाहरू राख्ने तयारी गरेका छन् । उनलाई समग्र कांग्रेसको नेताका रुपमा लिइएको छ । कोइराला सुदुरपश्चिममा आएपछि उनकै समूहले फरक व्यवहार गरेमात्र नत्र देउवा पक्षका भनेर चिनिएका नेताहरूले पनि उनको स्वागत र भेटघाटको कार्यक्रम बनाएका छन् ।
उनी सुदूरपश्चिममा रहेका बेला भेट गर्ने र यहाँको वस्तुस्थितिबारे जानकारी गराउन कतिपय देउवा पक्षकै नेताहरु पनि काठमाडौंबाट सुदूर आउने बुझिएको छ । कोइरालाको निजी सचिवालयले जनाएको अनुसार भ्रमण अवधिभर उनले धनगढीमा ९ वटै जिल्लाका कार्यकर्तासँग भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ ।
सचिवालयले जनाए अनुसार, डा. कोइरालाले पुष ५ गते शुक्रबार धनगढीमा सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता तथा कार्यकर्तालाई भेटघाट तथा अन्तरक्रिया गरिने कार्यक्रम रहेको छ । उनले हरेक जिल्लाका नेता तथा कार्यकर्तालाई फरक फरक समयमा भेट्ने र जिल्लागत विभिन्न विषयमा छलफल हुनेछ । शुक्रबार उनी दिनभर भेटघाटमै व्यस्त रहने तालिका रहेको छ ।
पुष ६ गते भातृ तथा शुभेच्छुक संस्थाहरूसँगको भेटघाट रहेका छ । सोही दिन दिउँसो डा. कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डा. कोइरालासँगै नेपाली कांग्रेसका नेता हृदयराम थानी, डा. गोविन्दराज पोखरेल, सुनिल शर्मा लगायतका नेताहरूले प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
डा शेखर कोइरालालाई भेट्न सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारी तथा नेता कार्यकर्ता धनगढी आउनेक्रम शुरु भइसकेको छ । डा. कोइराला सुदूरपश्चिम आउने खबरले स्थानीय नेता तथा कार्यकर्ता निकै उत्साही भएका छन् । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा हुने डा. कोइरालाको यो भ्रमणलाई पार्टी भित्र र बाहिर निकै चासोको साथ हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार