मुख्यसचिव भन्छन, संघीयतापछि सरकारी निकायबीच समन्वनय भएन, पालिकाले विवादीत कानुन बनाए

नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १३:१७:८

४ पुष, काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरूबीच मिलाएर काम गर्न समस्या आएका ेबताएका छन् । उनले सबैतिर समन्वयको अभाव देखिएको दावी गरेका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अर्यालले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्वमा धेरतिर विवाद र अलमल देखिएको बताए ।
उनले पालिकाहरूले बनाएका कानूनहरूमा पनि विवादित भएको दावी गरे । संघीयभन्दा विपरीत कानून बनाउन नपाइने भए पनि त्योअनुसारको कानून बनाउन पालिकाहरु चुकेको उनको भनाइ छ । पालिकाहरूले कानून त बनाउनुभएको छ, तर तिनै पालिकाहरूको कानूनहरूको बीचमा पनि विवाद छ । संघीय कानूनभन्दा विपरीत कानून बनाउन पाइँदैन भन्ने छ, यो कुरासबैले बुझेको देखिएन, उनले भने ।
विवादले गर्दा सबै तहमा अवस्था असामान्य देखिएको र त्यसले निर्माण गरेका कानूनहरू कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिएको बताए । उनले सरकारले युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको पनि बताए ।
उनले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको जानकारी दिए । युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको दावी गर्दै उनले आर्थिक सुधारका लागि हामीले आयोग नै गठन गरिसकेकोको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार