तस्वीर प्रकरणले नेपाल प्रहरी र गृह प्रशासनमाथि उठायो गम्भीर प्रश्न, को हुन डा. निकोलस ?

नेपालबहस संवाददाता
पुस ४, २०८१ बिहिबार १५:४६:५३

४ पुस, काठमाडौं । कास्की प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर भएको पुष्टि गरेको छ । तस्वीर सार्वजनिक गर्ने व्यक्तिलाई पक्राउ गर्ने तयारीमा प्रहरी जुटेको छ । तर, यो प्रकरणले गृह प्रशासन र नेपाल प्रहरीको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ । कास्की प्रहरी नराम्ररी चुकेको देखिएको छ ।
हिरासत सुरक्षामा खटिएका प्रहरीको सहभागिताबिना तस्वीर खिच्ने काम सम्भव नहुनुपर्ने हो । तस्वीर सार्वजनिक भएपछि पनि प्रहरीले सजगता अपनाएको देखिएन । रविको तस्वीर खिच्ने र सार्वजनिक गर्ने आफै सबै कुरा भनिसक्दा पनि प्रहरी प्रशासनले जानकारी नपाउनु वा जानकारी भएर पनि कारवाही अगाडि बढाउन नसक्नुमा प्रहरीकै लापर्वाही देखिन्छ । प्रहरी नेतृत्व चुकेका देखिन्छ । आलोचना सहन नसकेर गृहमन्त्री रमेश लेखकले चासो देखाएपछि मात्र प्रहरी प्रशासनको आँखा खुल्नु अर्को दुखद पक्ष हो ।
लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई नै बोलाएर तत्काल तस्वीर सार्वजनिक गर्नेको खोजी गरी कारवाही गर्न भनेपछि प्रहरी संयन्त्र कारबाहीका लागि तातेको देखियो । गृहमन्त्रीले हिरासतमा रहेका रविको तस्वीर खिच्ने र सार्वजनिक गर्ने व्यक्ति खोजेर कारवाही गर्न निर्देशन दिएका थिए । बिहीबार अबेरसम्म तस्वीर बारे अनविज्ञता देखाउँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले केही बरअघि एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तीमा साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने जानकारी दिएको छ ।
प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित गरेको जानकारी दिएको छ । डा. भुसालले प्रहरीले भन्दा अगाडि नै सो तस्वीर आफूले सार्वजनिक गरेको बताइसकेका थिए । भुसालले बिहीबार बिहानै उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी पनि मागेका थिए । आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उक्त तस्बिर आफूले खिचेको दाबी गरेका थिए ।
उनले मैले हिरासतभित्र गएर पनि खिचेको होइन, सीसीटीभी क्यामेराको फुटेज खिचेको हो । त्यो पनि पुलिसहरूकै अघि । त्यतिबेला सबै प्रहरीहरू रुममै थिए भनेका छन् । निकोलसले बिहीबार बिहान आफ्नो फेसबुकमा उक्त तस्बिर साँचो भएको र आफैंले खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकारेका थिए । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन,’ उनले भनेका छन्, ‘भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिएँ ।’
बिहीबार नै फेसबुक लाइभमार्फत उनले उक्त तस्बिर गत शनिबार दिउँसो ४ बजे खिचिएको र मंगलबार फेसबुकमा राखेको बताएका छन् । हिरासतमा लामिछानेको स्वास्थ्य अवस्था बुझेर फर्किएपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुममा बस्ने क्रममा सीसीटीभी फुटेजको डिस्प्ले हुने टीभी स्क्रिनबाट उक्त तस्बिर खिचेको उनले स्वीकारेका छन् । उनले उक्त तस्बिर बाहिर ल्याउनु गल्ती भएको भन्दै सजाय भोग्न तयार रहेको बताएका छन् ।
प्रहरीले भने डा. निकोलसबारे केही बताएको छैन । केवल विज्ञप्तीमा ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने, भनिएको छ । प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्ति जारी गरेका हुन् ।
उक्त तस्वीर सार्वजनिक भएको प्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिबद्ध रहेको पनि बताएको छ । सभापति लामिछानेको तस्वीर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए । गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
फागुन १२, २०८१ सोमबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
कास्कीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
फागुन ११, २०८१ आइतबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार